images

२०८३ आश्विन १७ गते

images
images
images

उद्यमशीलता प्रवर्द्धनका लागि मुक्तिनाथ बैंक–नागार्जुनबीच सहकार्य

उद्यमशीलता प्रवर्द्धनका लागि मुक्तिनाथ बैंक–नागार्जुनबीच सहकार्य

images
images
शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं, १५ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिकाबीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम तथा महिला उद्यमशीलताको प्रवर्द्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ।

    images
    images

    सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीहरूले आफ्नो व्यवसायको प्रकृतिअनुसार बैंकबाट धितोबिना अधिकतम २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। साथै, नगरपालिकाको ‘सहुलियतपूर्ण ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८०’ बमोजिम योग्य ऋणीहरूले शतप्रतिशत ब्याज अनुदान सुविधा पनि पाउनेछन्।

    बैंकका अनुसार यस सहकार्यले स्थानीय उद्यमशीलता विकास, वित्तीय पहुँच विस्तार, वित्तीय समावेशीकरण तथा दिगो आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। बैंकले स्थानीय सरकारसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै उद्यमशीलता प्रवर्द्धनमा निरन्तर योगदान दिने प्रतिबद्धता पनि जनाएको छ।

    images
    images

    सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लिमिटेडका तर्फबाट कृषि तथा समावेशी लगानी विभाग प्रमुख तेजलबहादुर गिरी र नागार्जुन नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले हस्ताक्षर गरेका थिए। कार्यक्रममा बैंकका कर्मचारी तथा स्थानीय तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend