images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • माइतीघरमा तेस्रो दिन पनि लघुवित्त पीडितको...

माइतीघरमा तेस्रो दिन पनि लघुवित्त पीडितको सामूहिक आमरण अनशन

माइतीघरमा तेस्रो दिन पनि लघुवित्त पीडितको सामूहिक आमरण अनशन

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । लघुवित्त पीडितहरूले सामूहिक आमरण अनशन तेस्रो पनि जारी राखेका छन् । विभिन्न पाँच बुँदे माग राख्दै साउन १२ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा अनसनमा बसेका पीडितहरूले बिहीबार पनि अनसनलाई निरन्तरता दिएका हुन् । उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीन बुँदे असहमति सहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न, विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी आचारसंहितामा आधारित वित्तीय प्रणाली लागू गर्न, गरिब, सुकुमबासी, मजदुर र किसानलाई बिना व्याज ऋण उपलब्ध गराउन, आवश्यकता र क्षमताको आधारमा काम र दाम उपलब्ध गराउन र निजी तथा वित्तीय संस्थाहरूको अन्त्य गरी समाजवादी अर्थ व्यवस्था कायम गर्न माग गरेका छन् ।

    images
    images

    माग पूरा नभएसम्म आन्दोलन र अनशनलाई निरन्तरता दिने लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिले जनाएको छ । समितिको नेतृत्वमा पीडितहरू आन्दोलनमा उत्रेका हुन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend