images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • आईसीयूमा भर्ना नपाएको भन्दै बिरामीका आफन्तद्वारा...

आईसीयूमा भर्ना नपाएको भन्दै बिरामीका आफन्तद्वारा भक्तपुर अस्पतालमा तोडफोड

आईसीयूमा भर्ना नपाएको भन्दै बिरामीका आफन्तद्वारा भक्तपुर अस्पतालमा तोडफोड

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ। भक्तपुर अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)मा बिरामीले भर्ना नपाएको भन्दै आफन्तले तोडफोड गरेका छन्।अस्पतालमा बिरामीलाई भर्ना गर्न दबाब दिँदै बुधबार बेलुकी आफन्तहरूले तोडफोड गरेको अस्पतालले जनाएको छ। अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवन चन्द्र झाले भर्नाको लागि दबाब दिँदै २० देखि २५ जनाको समूहले कार्यरत चिकित्सक, आइसीयू र इमरजेन्सीमा काम गर्ने कर्मचारीलाई धम्क्याएको जानकारी दिए । 

    images
    images

    डा. झाले भने,‘८२ वर्षीय जेष्ठ नागरिक महिलालाई दम भएर बिहान डिस्चार्ज गरेका थियौँ । बेलुकी आफन्त आएर भर्ना गर्न दबाब दिनुभयो। हामीसँग पर्याप्त जनशक्ति पनि छैन। बेड संख्या कम छ, आइसीयूमा भर्ना गर्नुपर्छ भन्दै आउनुभएकाे थियाे।’ उनले बिरामीका आफन्तहरूले हातमा फर्सेपले हानेको र आईसीयूका औषधिको बोतल फुटालेको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend