images

२०८३ आश्विन २७ गते

images
images
images

सुनसरी घटनाको विरोधमा प्रदर्शन,जनकपुर बजार बन्द

सुनसरी घटनाको विरोधमा प्रदर्शन,जनकपुर बजार बन्द

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • जनकपुर । सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा हिन्दू सम्राट सेनाको आह्वानमा बिहीबार जनकपुरधामको बजार बन्द गरिएको छ ।जनकपुरधामका हिन्दू युवाहरूले विभिन्न चोकमा प्रदर्शन गर्दै बजार बन्द गराएका हुन् । प्रदर्शनकारीहरूले मुख्य चोकहरूमा टायर बालेर विरोध जनाएका छन् ।प्रदर्शनका क्रममा उनीहरूले सुनसरी घटनाको विरोध गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन् । उनीहरूले ‘हिन्दू राष्ट्र कायम गर’, ‘हिन्दू मार्न पाइँदैन’, ‘मुस्लिम आयोग खारेज गर’ लगायतका नारा लगाएका थिए ।

    images
    images

    बजार बन्दका कारण जनकपुरधामको व्यापारिक गतिविधि प्रभावित भएको छ । बजार क्षेत्र सुनसान बनेको छ भने सर्वसाधारणको दैनिक आवतजावतमा समेत असर परेको छ ।प्रदर्शनलाई ध्यानमा राख्दै जनकपुरधामका विभिन्न चोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा निकायले सम्भावित अप्रिय घटना रोक्न निगरानी बढाएको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend