images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता...

भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै

भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ लाख ८५ हजार ३८६.३५ कित्ता सेयरको लकइन अवधि भदौ १७ गतेबाट सकिने भएको छ । कम्पनीको संस्थापक सेयरधनीहरूको ५० लाख ८६ हजार ९९.२५ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दातहरूको ६ लाख ७८ हजार २३९.९० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूको २० हजार ३४७.२० कित्ता सेयरको लकइन अवधि सकिने भएको हो ।

    images
    images

    कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले तीन वर्षसम्मका लागि संस्थापक सेयरधनीले लगानी गरेको सेयरका साथै आयोजना प्रभावित र कम्पनीका कर्मचारीहरूमा बाँडफाँड गरिएको सेयर लकइनमा राख्नुपर्ने प्रावधान छ ।लकइन अवधि सकिएसँगै भदौ १८ गतेदेखि उक्त शेयर नियमित रूपमा कारोबार गर्न सकिनेछ । तर सञ्चालकहरू तथा कम्पनीका उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार शेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend