images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सेबोन–एनआरएन संवाद : दोस्रो बजार, आईपीओ...

सेबोन–एनआरएन संवाद : दोस्रो बजार, आईपीओ र बण्डमार्फत लगानी विस्तारको तयारी

सेबोन–एनआरएन संवाद : दोस्रो बजार, आईपीओ र बण्डमार्फत लगानी विस्तारको तयारी

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौं।नेपाल धितोपत्र बोर्ड (सेबोन) र गैरआवासीय नेपाली (एनआरएन) का प्रतिनिधिबीच पूँजी बजारमा गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने विषयमा बुधबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ललितपुरस्थित बोर्ड कार्यालयमा आयोजित कार्यक्रममा सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्ट सहित बोर्डका उच्च अधिकारी तथा गैरआवासीय नेपालीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।कार्यक्रममा अध्यक्ष भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत गैरआवासी नेपालीलाई नेपालको धितोपत्र बजारको दोस्रो बजारमा सहभागी गराउने नीति घोषणा भइसकेको स्मरण गराउँदै त्यसलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा नीतिगत सुधारको प्रक्रिया अघि बढाइएको जानकारी दिए।

    images
    images

    उनले गैरआवासीय नेपालीले विकसित मुलुकबाट आर्जन गरेको सीप, ज्ञान, अनुभव र पूँजीलाई नेपालको पूर्वाधार विकाससँग जोड्ने वातावरण निर्माण गर्न बोर्ड आवश्यक सहजीकरण गर्न तयार रहेको बताए।छलफलका क्रममा गैरआवासीय नेपालीका प्रतिनिधिहरूले नेपाल सरकार र धितोपत्र बोर्डको पहलले नेपाली पूँजी बजारमा एनआरएनको सहभागिताका लागि सकारात्मक वातावरण बन्दै गएको धारणा व्यक्त गरेका थिए।उनीहरूले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनी मार्फत सार्वजनिक निष्कासन (आईपीओ) गरेर गैरआवासीय नेपाली तथा विदेशमा रहेका नेपालीबाट पूँजी संकलन गर्ने र उक्त रकम नेपालको भौतिक पूर्वाधार विकासमा लगानी गर्ने योजना रहेको जानकारी गराए।त्यसैगरी, भविष्यमा परियोजनामुखी बण्ड तथा डिबेन्चर जारी गरी थप स्रोत परिचालन गर्ने अवधारणासमेत प्रस्तुत गर्दै त्यसका लागि आवश्यक कानुनी तथा नियामकीय सुधारमा बोर्डले सहजीकरण गरिदिन अनुरोध गरिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend