images

२०८३ आश्विन २० गते

images
images
images

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान शुरू

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान शुरू

images
images
सोमवार, कार्तिक १९ २०८१
सोमवार, कार्तिक १९ २०८१
  • हुम्ला – हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः शुरू भएको छ । मौसम सफा भए पनि लक्ष्मी पूजाको दिन देखि हवाई उडान हुन सकेको थिएन ।

    images
    images

    नेपालगञ्ज देखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण आज मात्रै उडान सञ्चालन गरेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

    आज नेपालगञ्ज देखि सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका हुन् । आज नेपालगञ्ज देखि तारा र नेपाल एयरलाइन्सले एक–एक पटक उडान भरेको विमानस्थलले जानकारी दिएको छ ।

    images
    images

    दुवै एयरलाइन्सले नेपालगञ्ज देखि यात्रु सँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए । अन्य सीता र समिट एयरले तीन दिन देखि उडान भर्न नसकेको छैनन् ।

    नेपालगञ्ज देखि उडान भर्दै आएका जहाजले आफ्नो तालिका अनुसार हुम्लामा उडान भर्दै आएका छन् । भोलिका लागि नेपालगञ्ज देखि नेपाल एयरलाइन्सले आफ्नो उडान तालिका अनुसार उडान भर्ने भएको छ ।

    नेपालीको महान् पर्व दशैँ, तिहार सकिए सँगै सिमकोट बाट जिल्ला बाहिर जाने यात्रुको चाप विस्तारै बढ्दै गएको छ । यो समयमा नेपालगञ्ज र सुर्खेत बाट हुम्ला आउने यात्रुको चाप त्यति धेरै नभए पनि हुम्ला देखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको बताइएको छ । सीता एयर र समिट एयरले भने आज उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend