काठमाडौं– अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको छ। अमेरिकाले डाइभर्सिटी भिसा डीभी २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको हो।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बर सम्म बढाइएको जनाएको छ।
दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९ः४५ बजे देखि डिभी कार्यक्रममा आवेदन खुला गरिएको थियो। डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ।




.gif)





