images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • मकवानपुरमा गत आर्थिक वर्षमा दुई हजार...

मकवानपुरमा गत आर्थिक वर्षमा दुई हजार ३१५ मुद्दा फर्छ्योट

मकवानपुरमा गत आर्थिक वर्षमा दुई हजार ३१५ मुद्दा फर्छ्योट

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • हेटौँडा । मकवानपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३ मा दुई हजार ३१५ मुद्दा फछ्र्योट गरेको छ ।अदालतमा आव २०८१/८२ बाट जिम्मेवारी सरिआएका एक हजार २४३ मुद्दा र आव २०८२/८३ मा नयाँ दर्ता भएका दुई हजार ३९३ मुद्दा गरी कुल तीन हजार ६३६ मुद्दा रहेको सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए । 

    images
    images

    यसमध्ये १८ महिना नाघेका मुद्दा २६ रहेकामा दुई वर्ष नाघेका मुद्दा भने शून्य सङ्ख्यामा रहेको अदालतले जनाएको छ । गत आवमा इजलासको आदेशबमोजिम मेलमिलापमा पठाइएकामा मेलमिलापकर्तामार्फत मेलमिलाप भएको मुद्दा सङ्ख्या ५३ थियो ।मेलमिलापकर्तामार्फत मेलमिलाप भइआएका मुद्दाको सफलता १९.७७ प्रतिशत रहेको सूचना अधिकारी कौशिकले जानकारी दिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend