images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले...

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • चितवन । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले एक महिनादेखि प्रयोगशालाले दिने सेवा ठप्प भएको छ। प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीले बजेट अभावमा केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा दिन नसकिएको जानकारी दिए।गत वर्ष रु एक करोड ३५ लाख केमिकल खरिदका लागि विनियोजन भएको रकममा रु २० लाख अपुग भएकाले प्रयोगशाला बन्द भएको उनले बताए।

    images
    images

    कार्यालयका सूचना अधिकारी रमेश डोवालले सेवा सञ्चालन नहुने भएपछि प्रायः न्यून सङ्ख्यामा मात्र बिराम आउने गरेको जानकारी दिए। यसअघि प्रयोगशालामा दैनिक १३० जना बिरामी आउने गरेका थिए । “जिल्लामा यो प्रयोगशालालाई विश्वासिलो प्रयोगशालाका रूपमा लिने गरिन्छ”, उनले भने।आर्थिक वर्ष २०८३/८४ का लागि रु एक करोड पाँच लाख बजेट विनियोजन भएको छ । सो रकमबाट गत सालको तिर्न बाँकी रकम भुक्तानी गरी मधुमेह, सिबिसी, युरिकएसिड र पिसाबका अत्यावश्यक परीक्षण मात्र गरिने भएको छ ।बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले भरतपुरमा उच्च गुणस्तरको सरकारी प्रयोगशाला आवश्यक रहेको जिकिर गर्नुभयो । यस कार्यालयले गत आवमा रु दुई करोड हाराहारी राजस्व सङ्कलन गरेको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend