images

२०८३ आश्विन १६ गते

images
images
images

सात वाणिज्य बैंकको लाभांश घोषणा ।

सात वाणिज्य बैंकको लाभांश घोषणा ।

images
images
सोमवार, कार्तिक १९ २०८१
सोमवार, कार्तिक १९ २०८१
  • काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये ७ वटा बैंकले लाभांश घोषणा गरेका छन् । जसमा तीन वटा बैंकले नगद मात्रै लाभांश दिएका छन् ।

    images
    images

    गत आर्थिक वर्ष २०८०।०८१ मुनाफाबाट हालसम्म एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, नबिल बैंक, स्ट्याण्टर्ड चार्टड बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएर्म बैंकले लाभांश घोषणा गरेका हुन् ।

    लाभांश दिएका मध्येमा सबैभन्दा धेरै लाभांश स्टयान्डर्ड चार्टर्ड बैंकको २५.५ प्रतिशत नगद लाभांश रहेको छ। लाभांश घोषणा गरेका वाणिज्य बैंकहरु मध्ये एभरेष्ट बैंक र सिटिजन्स बैंकले प्रस्तावित लाभांश वार्षिक साधारण सभाबाट समेत पारित गरिसकेको छ ।

    images
    images

    सिटिजन्स बैंकले ४.२१ प्रतिशत लाभांश आफ्नो वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । बैंकले वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनश शेयर नेप्सेमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाई सकेको जानकारी दिएको छ ।

    एभरेष्ट बैंकले घोषणा गरेको १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश दशैं अगाडि नै शेयर धनीको खातामा जम्मा गरिसकेको छ । प्राइम बैंकले गत आवको नाफाबाट ५ प्रतिशत लाभांश घोषणा गरेको छ । यो पटक बैंकले बोनस सेयर नदिने भएको छ ।

    सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्तवा गरेको छ । बैंकले साधारणसभा मंसिर ४ गते गर्ने प्रस्ताव गरेको छ । बैंकले कात्तिक २५ गते बुक क्लोज गर्ने भएको छ।

    त्यस्तै, नबिल बैंकले गत आथिको नाफाबाट १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो पटक बैंकले बोनस सेयर नदिने भएको छ । यता ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफबाट ५.५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । यो पटक बैंकले नगद लाभांश नदिने भएको छ ।

    यी बैंकहरुले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । यस्तै सिटिजन्स बैंकले गत आवको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिएको छ ।

    यस्तै एभरेष्ट बैंकले १० प्रतिशत बोनस र ५.५३ नगद सहित १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बैंकको वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend