images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन...

माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन जारी

माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन जारी

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ । विभिन्न पाँच बुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा बुधवार पनि  सामूहिक आमरण अनशन जारी राखेका छन् । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा मङ्गलवारदेखि सुरु भएको उक्त अनशन बुधवार दोस्रो दिन पनि जारी रहेको छ ।आन्दोलनकारीहरूले सामाजिक न्याय र वित्तीय शोषणको अन्त्य हुनुपर्ने भन्दै सरकारसँग विभिन्न मागहरू अघि सारेका छन् । उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीन बुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।

    images
    images

    समितिले जारी गरेको मागपत्रमा विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने, तथा गरिब, मजदुर, सुकुमबासी र किसानलाई ब्याज छुटसहित निःशुल्क ऋण प्रदान गर्नुपर्ने उल्लेख छ । त्यसैगरी, नागरिकको आवश्यकता र क्षमताका आधारमा रोजगारी तथा उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग समेत पीडितहरूले राखेका छन् ।

    आन्दोलनरत पक्षले निजी बैंक तथा वित्तीय संस्थाहरूको अन्त्य गरी मुलुकमा समाजवादी अर्थ व्यवस्था कायम गर्नुपर्ने दीर्घकालीन माग समेत प्रस्तुत गरेको छ । माग पूरा नभएसम्म आन्दोलन र अनशनलाई निरन्तरता दिने सङ्घर्ष समितिले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend