images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • साउन १५ भित्र डिम्याट शुल्क नबुझाए...

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै नवीकरण गर्न सकिने

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै नवीकरण गर्न सकिने

images
images
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं  । डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाउने लगानीकर्ताको खाता साउन १६ गतेदेखि रोक्का हुने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सूचना जारी गर्दै साउन १५ गतेभित्र अनिवार्य रूपमा डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।सीडीएससीका अनुसार तोकिएको समयभित्र वार्षिक शुल्क नबुझाएका हितग्राही खातालाई प्रणालीबाट रोक्का गरिनेछ । खाता रोक्का भएपछि सेयर कारोबार, सेयर हस्तान्तरण तथा सार्वजनिक निष्कासनमा आवेदन दिन समस्या हुने भएकाले समयमै शुल्क बुझाउन लगानीकर्तालाई आग्रह गरिएको छ ।हरेक आर्थिक वर्षको असार मसान्तभित्र डिम्याट खाता सञ्चालन शुल्क बुझाउनुपर्ने व्यवस्था रहे पनि यस वर्ष लगानीकर्ताको सहजताका लागि साउन १५ गतेसम्म समय थप गरिएको हो ।

    images
    images

    डिम्याटका लागि १०० र मेरोसेयरका लागि ५० रुपैयाँ

    डिम्याट खातावालाले वार्षिक रूपमा १०० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ । त्यस्तै मेरोसेयर सुविधा प्रयोग गर्ने लगानीकर्ताले थप ५० रुपैयाँ वार्षिक शुल्क तिर्नुपर्ने हुन्छ ।सीडीएससीका अनुसार हाल नेपालमा डिम्याट खाताको संख्या ८० लाख ९ हजार ६२३ पुगेको छ । त्यस्तै मेरोसेयरका सक्रिय प्रयोगकर्ता ५१ लाख ४८ हजार ८९४ रहेका छन् ।डिम्याट खाता सेयरको विद्युतीय अभिलेख राख्ने खाता हो भने मेरोसेयरमार्फत लगानीकर्ताले आईपीओ, एफपीओ, हकप्रद सेयरमा आवेदन दिनुका साथै दोस्रो बजारमा बिक्री भएको सेयर हस्तान्तरण (ईडीआईएस) लगायतका काम गर्दै आएका छन् ।

    images
    images

    घरमै बसेर नवीकरण गर्न सकिने

    लगानीकर्ताले मेरोसेयर प्रणाली तथा विभिन्न डिजिटल भुक्तानी माध्यमबाट घरमै बसेर डिम्याट तथा मेरोसेयर नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ ।नवीकरणका लागि लगानीकर्ताले मेरोसेयरमा लगइन गरी दायाँतर्फ माथि रहेको आफ्नो नाममा क्लिक गर्नुपर्छ । त्यसपछि ‘एकाउन्ट इन्फर्मेसन’ मा रहेको ‘रिन्यू एकाउन्ट’ विकल्प छनोट गरी भुक्तानी गर्न सकिन्छ ।भुक्तानीका लागि इसेवा, खल्ती, प्रभु पे, आईएमई पे तथा कनेक्ट आईपीएसलगायतका माध्यम प्रयोग गर्न सकिने व्यवस्था छ ।

    शुल्क नबुझाउँदा के हुन्छ ?

    डिम्याट खाता रोक्का भएपछि लगानीकर्ताले आफ्नो नाममा रहेको सेयर बिक्री गर्दा राफसाफ प्रक्रिया प्रभावित हुन सक्छ । साथै नयाँ सार्वजनिक निष्कासनमा आवेदन दिन तथा अन्य धितोपत्रसम्बन्धी सेवा प्रयोग गर्न समस्या आउन सक्छ ।नेपालमा पछिल्ला वर्षमा सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढेसँगै डिम्याट र मेरोसेयर प्रयोगकर्ताको संख्या पनि तीव्र रूपमा विस्तार भएको छ । तर कतिपय लगानीकर्ताले खाता खोलेपछि वार्षिक नवीकरण शुल्क नबुझाउने गरेका कारण सीडीएससीले नियमित रूपमा शुल्क बुझाउन सूचना जारी गर्दै आएको छ ।सीडीएससीले लगानीकर्तालाई अन्तिम समय कुर्नुभन्दा अगावै शुल्क बुझाई खाता सक्रिय राख्न आग्रह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend