images

२०८३ आश्विन १७ गते

images
images
images

ग्रीन प्लाई नेपालले आईपीओ जारी गर्ने

ग्रीन प्लाई नेपालले आईपीओ जारी गर्ने

images
images
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • ग्रीन प्लाई नेपालले  प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । नेपालमा प्लाई उत्पादन गरिरेहेको यो कम्पनी सर्वसाधारणलाइ आईपीओ जारीगर्नको लागि गत आर्थिक बर्षमा नै  प्राईभेट लिमिटेडबाट लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १६,४०,००० कित्ता शेयर आईपिओ मार्फत सर्वसाधरणलाइ बिक्रि गर्न लागेको  हो । कम्पनीले प्रथमिक शेयर निश्कासनको लागि कम्पनीको बिशेष साधारण सभा २०८३ साल साउन २२ गते बोलाएको  छ ।

    images
    images

    कम्पनीको  बित्तिय अबस्था

    ग्रीनप्लाई नेपाल नेपालको प्लाइउड उद्योगमा  छोटो समयममा उल्लेख्य रुपमा प्रगति गरेको कम्पनी हो । यसको बिकासक्रम द्रुत गतिमा भइरहेको यसको बित्तिय प्रतिबेदन र यसले आन्तरिक बजारको माग धानेको र निर्याद गरेको रिपोर्टबा ट हेर्न सकिन्छ   । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा १८.९६ प्रतिशत बिक्री वृद्धि हासिल गर्दै वार्षिक कारोबार करिब ४७.५ करोड रुपैयाँ पुर्‍याएको छ। ग्रीन प्लाई नेपाल बिगत  पाँच आर्थिक वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको छ ।  यसले कम्पनीको सुदृढ वित्तीय अवस्था र प्रभावकारी व्यवस्थापन रहको कुरा पुष्टि गर्दछ । यो कम्पनी बिगत देखी नै नेपालबाट प्लाईउड भारत निर्याद गर्दै आएको छ । यसको उतपादनको ३० प्रतिशत नेपालमा खपत हुने गरेको छ भने कम्पनीको ७०% भन्दा बढी उत्पादन भारतमा निर्यात हुने गरेको छ । कम्पनीले   नेपाल सरकारले बिगतमा निर्यात प्रवर्द्धनका लागि नेपाल सरकारबाट उपलब्ध निर्यात अनुदान (Export Subsidy) समेत प्राप्त गर्दै आएको छ। कम्पनीले BRI Certificate प्राप्त गरी आफ्ना उत्पादनहरू भारतमा निर्यात गर्दै आएको छ।

    images
    images

    आर्थिक वर्ष २०८१/८२ मा ग्रीनप्लाई इन्डस्ट्रिज नेपालको पूँजीगत संरचनामा उल्लेख्य सुधार आएको छ, जहाँ कम्पनीको ओभरअल गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा झरेको छ। ६ करोड रुपैयाँको नयाँ शेयर पूँजी थप हुनुका साथै नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड्स) ढाँचा लागू भएसँगै सञ्चित नाफा बढेपछि कम्पनीको मूर्त खुद सम्पत्ति ८ करोड २० लाख रुपैयाँबाट बढेर करिब २२ करोड ६० लाख रुपैयाँ पुगेको छ।

    कम्पनीको बारे

    ग्रीनप्लाई नेपाल गुणस्तरीय तथा वातावरणमैत्री उत्पादनमा केन्द्रित कम्पनी हो। कम्पनीले आधुनिक प्रविधि, दक्ष व्यवस्थापन र सुदृढ व्यावसायिक आधारका साथ उत्पादन क्षमता विस्तार गर्दै दीर्घकालीन दिगो वृद्धि हासिल गर्ने स्पष्ट लक्ष्य लिएको छ। नेपालमा गुणस्तरीय प्लाइउडको बढ्दो मागलाई अवसरका रूपमा उपयोग गर्दै नवप्रवर्तन, गुणस्तर सुनिश्चितता र ग्राहकको विश्वासलाई प्राथमिकतामा राखेर कम्पनीले आफ्नो बजार उपस्थिति निरन्तर बलियो बनाइरहेको छ। दीर्घकालीन मूल्य सिर्जना, लगानीकर्तालाई आकर्षक प्रतिफल प्रदान गर्ने प्रतिबद्धता तथा उद्योगको अग्रणी कम्पनी बन्ने महत्वाकांक्षी दृष्टिकोणका साथ ग्रीनप्लाई नेपाल भविष्यप्रति आशावादी र विकासमुखी यात्रामा अघि बढिरहेको देखिन्छ।

    नेपालमा प्लाइउड, ब्लकबोर्ड तथा फ्लस डोर उत्पादन गर्ने सम्भावनायुक्त र तीव्र रूपमा विस्तार भइरहेको यो एक उत्पादनमूलक कम्पनी हो। कम्पनीले आधुनिक उत्पादन प्रविधि, गुणस्तरमा निरन्तर सुधार, दक्ष व्यवस्थापन तथा बलियो वितरण सञ्जालमार्फत बजारमा आफ्नो उपस्थिति मजबुत बनाउँदै आएको छ।

    कम्पनीले आवासीय, व्यावसायिक तथा पूर्वाधार निर्माण क्षेत्रमा बढ्दो मागलाई अवसरका रूपमा उपयोग गर्दै उत्पादन क्षमता विस्तार, नयाँ बजारमा बिस्तार ,  उत्पादन बृदीको लागि प्रविधिमा लगानी र नवप्रवर्तनमार्फत दीर्घकालीन वृद्धि हासिल गर्ने स्पष्ट रणनीति  रहेको कम्पनीले उल्लेख गरेको छ ।वित्तीय रूपमा कम्पनीले पूँजी विस्तार, व्यवसाय वृद्धि र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ भने भविष्यमा प्लोउड  उद्योगको अग्रणी ब्रान्ड बन्ने हिसाबले आफ्नो योजना अघि सारेको छ , कम्पनीले नेपालमा बर्षेनी हुने आयत आयात प्रतिस्थापन गर्न टेवा पुर्याएको छ । कम्पनीले आणतरिक मागको परिपुर्ति गरेर बिदेश   निर्यात विस्तार गर्ने तथा लगानीकर्तालाई दीर्घकालीन मूल्य सिर्जना गर्ने महत्वाकांक्षी दृष्टिकोण प्रस्तुत गरेको छ।समग्रमा, ग्रीनप्लाई नेपाललाई बलियो आधार, स्पष्ट विकास योजना, अनुभवी नेतृत्व र दीर्घकालीन सोचसहित नेपालको उत्पादन क्षेत्रमा उल्लेखनीय सम्भावना बोकेको कम्पनीका रूपमा चित्रण गर्न सकिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend