images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • बिल नतिरेपछि अडानी समूहले गर्‍यो बंगलादेशमा...

बिल नतिरेपछि अडानी समूहले गर्‍यो बंगलादेशमा विद्युत कटौती

बिल नतिरेपछि अडानी समूहले गर्‍यो बंगलादेशमा विद्युत कटौती

images
images
आइतवार, कार्तिक १८ २०८१
आइतवार, कार्तिक १८ २०८१

  • काठमाडौंः भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै सीमापार विद्युत आपूर्तिलाई आधा घटाएको विद्युत अधिकारीहरूले आइतबार बताएका छन् । बङ्गलादेश विद्युत् विकास बोर्ड (बीपीडीबी) का अध्यक्ष रेजाउल करिमले आइतबार एएफपी सँग भने, ‘हामी अन्य प्लान्टहरू चलाएर यो खाडल पूरा गर्ने प्रयास गरिरहेका छौं ।’

    images
    images

    भारतको झारखण्ड राज्यमा रहेको अडानीको कोइलाबाट चल्ने गोड्डा प्लान्टले बङ्गलादेशको १३ गिगावाटको बेसलोड बिजुलीको मागको सातदेखि १० प्रतिशत सम्म आपूर्ति गर्छ । तर, अडानीले सेप्टेम्बरमा ढाकालाई लगभग ८५० मिलियन डलर बराबरको यसको बिलहरू तिर्न सूचना जारी गरेको थियो । 

    त्यतिबेला अडानी समूहले यसलाई ‘अस्थिर अवस्था’ भनेको थियो । समूहले भनेको थियो, ‘हाम्रो आपूर्ति प्रतिबद्धता मात्र होइन, हाम्रा ऋणदाता र आपूर्तिकर्ताहरू सँगको प्रतिबद्धता पनि पूरा गरिरहेका छौं ।’ अडानीले आइतबार तत्काल कुनै प्रतिक्रिया दिएको छैन । करिब १७ करोड जनसंख्या भएको बङ्गलादेशले भुक्तानीका लागि डलर जुटाउन सङ्घर्ष गरिरहेको छ । करिमले भने, ‘एक महिनामा कुल भुक्तानी गर्न सम्भव छैन । तर हामी क्रमशः भुक्तानीको आकार बढाउने प्रयास गरिरहेका छौं । हामी अडानी समूहसँग यस विषयमा छलफल गरिरहेका छौं र उनीहरूलाई सूचित गरेका छौं ।’

    images
    images

    करिमका अनुसार बङ्गलादेशले अक्टोबरमा अडानी समूहलाई नौ करोड ७० लाख अमेरिकी डलर तिरेको थियो, जुन अघिल्लो तीन महिनाको भुक्तानी भन्दा बढी हो । सामान्यतया नोभेम्बरमा माग कम हुन्छ । बङ्गलादेशीहरू चिसोका लागि ऊर्जाशक्तिबाट चल्ने एयर कन्डिसनरमा निर्भर हुन्छन् । यहाँ महिनौँको चर्को गर्मीपछि नाभेम्बरमा अपेक्षाकृत चिसो मौसम सुरू हुन्छ । 

    शुक्रबार अडानीको गोड्डा प्लान्टले एक हजार ४९६ मेगावाटको स्थापित क्षमताको तुलनामा ७२४ मेगावाट आपूर्ति गरेको थियो भने बङ्गलादेशले करिब एक हजार ६८० मेगावाट लोडसे डिङको सामना गर्नुपरेको थियो । बङ्गलादेशले भारतको पश्चिम बङ्गाल र त्रिपुराराज्यबाट एक हजार १६० मेगावाट विद्युत् आयात गर्दै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend