images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • प्रहरीले तयार पार्‍यो अपराध गर्न सक्ने...

प्रहरीले तयार पार्‍यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल

प्रहरीले तयार पार्‍यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौँ । प्रहरीले अपराधमा संलग्न हुनसक्ने शंकित व्यक्तिहरूको ‘क्रिमिनल प्रोफाइलिङ’ तयार गरेको छ । गुण्डागर्दी, तस्करी, लागुऔषध, कर्तव्य ज्यान, ठगी, चोरी र जघन्य अपराधमा यसअघि संलग्न रहेका र भविष्यमा पनि अपराध गर्न सक्ने जोखिम मूल्याङ्कन गरेर प्रोफाइलिङ तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

    images
    images

    १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइलिङ तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले  बताए ।प्रोफाइलमा समेटिएकाहरू यसअघि पनि अपराधमा संलग्न भएकाहरू हुन् । एसपी भट्टराई भन्छन्– ‘पुराना घटनामा संलग्न र नयाँ घटना गराउन सक्ने जोखिम भएका र पहिचान भएकाहरूको क्रिमिनल प्रोफाइलिङ तयार गरिएको हो ।’ 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend