images

२०८३ आश्विन १७ गते

images
images
images

ह्याम्स अस्पतालले आईपीओ जारी गर्ने

ह्याम्स अस्पतालले आईपीओ जारी गर्ने

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ ।हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले वार्षिक साधारणसभा बोलाएको छ । अस्पतालको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २४ गतेका लागि साधारणसभा बोलाउनले निर्णय गरेको हो । सभा साउन २४ गेत धुम्बाराहीमा रहेको स्मार्ट दरबारमा आयोजना हुने अस्पतालले जनाएको छ ।

    images
    images

    सभाले अध्यक्षले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको आर्थिक बर्ष ( आ.व.) ०८२/८३ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने । त्यस्तै आ.ब. ०८२/ ८३ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेका छन् । त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३ /८४ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र आ.ब. ०८२/८३ मा संचालक समितिले पारित गरेका निर्णयहरु अनुमोदन गर्ने सम्वन्धमा तथा संचालक समितिवाट प्रस्ताव भए वमोजिम नगद लाभांश वितरण गर्ने प्रस्ताव स्विकृत गर्ने गर्ने छ ।त्यस्तै विशेष प्रस्तावका रुपमा सर्वसाधारण समूहलाई प्राथमिक सेयर (आईपीओ) निष्काशन सम्बन्धी प्रस्ताव र सार्वजनिक निष्काशनबाट प्राप्त पूँजीको उपयोग सम्बन्धि प्रस्ताव पारित गर्ने एजेण्डा रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend