images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण,...

अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण, कति पर्छ क्रेटको ?

अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण, कति पर्छ क्रेटको ?

images
images
मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौंँ। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ मंगलबार चितवनमा बसेको संघको बैठकले साउन ६ गतेदेखि लागू हुने गरी नयाँ दर तय गरेको हो । यसअघि गत जेठ २८ गते तोकिएको दररेटको तुलनामा हाल फार्म मूल्यमा प्रति क्रेट ६० रुपैयाँसम्म गिरावट आएको छ ।देशभरिका अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा संघले यो नयाँ मूल्य निर्धारण गरेको  जनाएको छ।यसअघि गत जेठ २८ गते काठमाडौंमा बसेको बैठकले सोही दिनदेखि लागू हुने गरी मूल्य तय गरेको थियो । नयाँ र पुरानो दुवै निर्णयमा चितवनलाई नै मुख्य आधार मानी अण्डाको समर्थन बिक्री मूल्य तय गरिएको संघले जनाएको छ ।

    images
    images

    कति पर्छ क्रेटको अण्डा ? 

    नयाँ दररेट अनुसार सबै भन्दा ठुलो  साइजको अण्डाको फार्म मूल्य प्रति क्रेट ५१५ रुपैयाँ कायम गरिएको छ । यसअघि ५७५ रुपैयाँ रहेको थियो । पहिले प्रति क्रेट ५६० रुपैयाँ रहेको ठूलो अण्डाको मूल्य ५०० रुपैयाँ र पहिले ५३० रुपैयाँ रहेको मिडियम अण्डाको मूल्य ४७० रुपैयाँ कायम गरिएको छ । यी तीनै वर्गका अण्डाको प्रति क्रेट मूल्यमा ६० रुपैयाँ गिरावट आएको छ । सानो अण्डाको मूल्यमा पनि प्रति पेटी ३०० रुपैयाँ कमी आई २ हजार ९०० रुपैयाँ कायम भएको छ, जुन यसअघि ३ हजार २०० रुपैयाँ रहेको थियो ।

    images
    images

    फार्म मूल्यमा उल्लेख्य गिरावट आए पनि सर्वसाधारण उपभोक्ताले खरिद गर्ने मूल्यमा भने कुनै फेरबदल गरिएको छैन । उपभोक्ताका लागि पहिलेकै दर अर्थात् प्रति गोटा २५ रुपैयाँ मूल्य नै यथावत् राखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend