images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा ७ अंकको सुधार, कारोबार...

सेयर बजारमा ७ अंकको सुधार, कारोबार साढे ६ अर्ब माथि

सेयर बजारमा ७ अंकको सुधार, कारोबार साढे ६ अर्ब माथि

images
images
मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • साताकाको सेयर कारोबार हुने दोस्रो दिन सेयर बजार सामान्य बढेर बन्द भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबार भने ७.२५अंकले बढेको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७२६.४९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १६२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १०३ कम्पनीको सेयर मूल्य बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    आज सेन्सेटिभ इन्डेक्स भने घटेको छ । आज सेन्सेटिभ इन्डेक्स ०.१८ अंकले घटेर ४७२.४२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको मात्रै बढेको छ ।  परिसूचक एकल अंकले बढेको दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ५१ करोड माथिको कारोबार भएको बजारमा आज भने साढे ६ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४३ कम्पनीका १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर ७५ हजार १० पटक खरिद बिक्री हुँदा ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend