images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • आगामी दुई दिन भारी वर्षाको सम्भावना...

आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग

आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग

images
images
मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहे पनि आगामी दुई दिन भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरैजसो ठाउँमा मध्यम वर्षा हुने भएकाले बाढी–पहिरोको सम्भावना अलि कम रहेको विभागका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । 

    images
    images

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मध्यम सम्मको वर्षा र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित मध्यम सम्मको वर्षाको सम्भावना देखिएको उनले बताए । उनले वर्षा हुने क्रम चाहिँ हिजो–अस्ति भन्दा भोलि र पर्सी अलिकति कम हुने जस्तो देखिएको बताए । प्रभावमा आधारित रहेर पनि मौसम पूर्वानुमान गर्ने गरिएको भन्दै उनले जल तथा मौसम विज्ञान विभागले समय समयमा निरन्तर जानकारी गराइरहेको उल्लेख गरे । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend