images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • इरान युद्ध: दुई सातामा करिब १००...

इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते

इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते

images
images
मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • वाशिङटन डीसी । जुलाई ७ यता इरानसँग जारी युद्धका क्रममा झन्डै सय जना अमेरिकी सैनिक घाइते भएको अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले बताएको छ । मन्त्रालयका पेन्टागनका प्रवक्ता शन पार्नेलले सामाजिक सञ्जाल एक्समा एउटा  पोष्टमार्फत उक्त जानकारी दिएका हुन् । पार्नेलका अनुसार जुलाई ७, २०२६ देखि हालसम्म करिब १०० सैनिक घाइते भए पनि तीमध्ये ९६ प्रतिशत सैनिक पुनः आफ्नो ड्युटीमा फर्किसकेका छन् ।उनले भने, ‘उनीहरू पुनः आफ्नो जिम्मेवारीमा फर्कन दृढ छन् । अधिकांश घाइतेहरूलाई सामान्य स्तरको मस्तिष्कमा लाग्ने चोट (माइल्ड कन्कसन) लागेको थियो,’ । पार्नेलले यो प्रतिक्रिया अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्स को एउटा समाचारको प्रतिवादस्वरूप दिएका हुन् । उक्त समाचारमा इरानसँगको युद्धका क्रममा अमेरिकी सेनामा भएका दर्जनौँ घाइतेको विवरण पेन्टागनले सार्वजनिक नगरेको दाबी गरिएको थियो ।

    images
    images

    यसअघि सोमबार अमेरिकी समाचार संस्था सीएनएनले पनि अमेरिकी सेनाले सैनिकहरू घाइते भएको जानकारी सार्वजनिक गर्न ढिलाइ गरेको जनाएको थियो । सीएनएनका अनुसार यो ढिलाइ सैनिकहरूको सुरक्षा र गोपनीयता कायम राख्ने उद्देश्यले गरिएको बताइएको छ । पेन्टागनले भने अधिकांश चोट सामान्य प्रकृतिका रहेको र धेरैजसो सैनिकहरू पुनः आफ्नो नियमित जिम्मेवारीमा फर्किएको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend