images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेको इन्स्योरेन्सको १२ लाख कित्ता संस्थापक...

नेको इन्स्योरेन्सको १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेको इन्स्योरेन्सको १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १२ लाख कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखेको हो ।

    images
    images

    कम्पनीका संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्नका लागि निवेदन दिएकाले कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले १०० रुपैयाँ अंकित दरमा उक्त सेयर बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । नेपाल बीमा प्राधिकरणबाट जारी भएको बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका बमोजिम संस्थापकले आफ्नै समूहका सेयरधनीलाई प्राथमिकता दिई सेयर बिक्री /नामसारी गर्नु पर्ने ब्यवस्था रहेको छ । यसै हिसाबले हाल कायम संस्थापक सेयरधनीहरुका लागि मात्रै उक्त सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।संस्थापक सेयरधनीहरुले आफूले लिन चाहेको कित्ता र प्रति कित्ता मूल्य समेत उल्लेख गरी यस कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा निवेदन पेश गर्नु पर्ने छ ।

    उक्त अवधि भित्र कुनै संस्थापक सेयरधनीको निवेदन प्राप्त नभएमा वा बिक्रीमा रहेको कित्ता भन्दा कम कित्ताको लागि निवेदन प्राप्त भएमा नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उपरोक्त सेयरहरु बिक्री गर्न आवश्यक प्रकृया अगाडि बढाइने कम्नपीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend