काठमाडौँ। घरेलु बजारमा निरन्तर उचाइ कायम गरेको सुनको मूल्य सँगै यस वर्षको तिहारमा नेपाल राष्ट्र बैंकलेको टक्सार विभाग मार्फत साढे १९ करोड रुपैयाँ भन्दा बढी मूल्यका सुन र चाँदीका सिक्का बिक्री गरेको छ।
कात्तिक ११ देखि १४ गते सम्मको समयमा उक्त कारोबार भएको हो। कात्तिक १३ गते धनतेरसको दिन मात्रै सुनका सिक्का (असर्फी) बिक्री गरिएको थियो, जहाँ १६ करोड १६ लाख ५३ हजार २५ रुपैयाँ बराबरका ४ हजार ३ सय ८५ थान असर्फी बिक्री भएका थिए । प्रति थान असर्फीको मूल्य ३६ हजार ८ सय ६५ रुपैयाँ निर्धारण गरिएको थियो ।
राष्ट्र बैंकले यस वर्ष सुन अभावका कारण अघिल्ला वर्ष जस्तो २।५, ५, र १० ग्रामका सिक्का नभई केवल २.५ ग्रामका सिक्का मात्र बिक्री गरेको थियो । सामान्य व्यक्तिका लागि एक थान मात्र बिक्री गरिएको असर्फीको माग उच्च रहेको थियो । चार दिनसम्म चलेको चाँदीको सिक्काको बिक्रीमा कुल १६ हजार ७ सय ४० थान, ३ करोड ५१ लाख ७ हजार ६ सय रुपैयाँ बराबरका सिक्का बिक्री भएका थिए ।
राष्ट्र बैंकका अनुसार तिहारमा सुन र चाँदीका सिक्का प्रतिको माग उच्च हुने भएकाले बैंकले विशेषतस् यही समयमा यी सिक्काको बिक्री वृद्धि गर्न प्राथमिकता दिएको हो । यी सिक्का सजावट, धार्मिक कार्यहरू र संग्रहणीय सामाग्रीका रूपमा विशेष लोकप्रिय छन् ।




.gif)





