images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको...

खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव

खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव

images
images
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • चितवन । बर्सातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै चिकित्सकहरुले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामीमध्ये ३० प्रतिशत हाराहारी त्यस्ता बिरामी आउन थालेको भन्दै सजग रहन आग्रह गरिएको हो।अस्पतालका निर्देशक डा. पुष्पा गिरी श्रेष्ठले नेपाल नेत्रज्योति सङ्घ भरतपुरबाट सञ्चालित भरतपुर आँखा अस्पतालसहित मातहतका सेकेण्डेरी अस्पताल, सर्जिकल सेन्टर र उपचार केन्द्रमा आउने बिरामीमा समस्या देखिएको बताइन्। दैनिक एक हजार ५०० हाराहारी बिरामी बहिरङ्ग सेवा लिन अस्पताल र मातहतका केन्द्रहरूमा आउने गर्दछन्।मुख्य रुपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन्। यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा छिरेर समस्या हुने गरेको छ। हिलो छिरेको आँखालाई मिचे पछि नानिमा सङ्क्रमण भएर बिरामीहरु आउने गरेको उनले बताइन्।

    images
    images

    असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन्। डा. श्रेष्ठले भनिन्, “आँखामा हिलो परेपछि आफैँ औषधि किनेर प्रयोग गर्दा थप समस्या हुने गरेको छ।” आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार हुने केन्द्र वा अस्पतालमा जान उनले सुझाव दिइन्। आफू खुसी औषधि प्रयोग गरेका कारण पाँच प्रतिशत हाराहारी बिरामीमा घाउ बढेर अल्सर समेत हुने गरेको उनले बताइन्।नेपाल नेत्रज्योति सङ्घ चितवनको मुख्य अस्पताल भरतपुरमा रहेको छ। कावासोती र पर्साको ठोरीमा सेकेण्डेरी अस्पताल, चोरमाराको मध्यविन्दु र सर्लाहीको ईश्वर पुरमा सर्जिकल सेन्टर छ भने भरतपुरको ओरालोमा सिटी क्लिनिक छ।तीबाहेक १९ वटा आँखा उपचार केन्द्र विभिन्न जिल्लामा छन्। सर्लाहीको हरिपुर र धादिङको नेत्रावतीमा उपचार केन्द्र सुरु गर्ने तयारीमा छ । उनले सङ्घ मातहतका वा अन्य आँखा उपचार गर्ने केन्द्र वा अस्पतालमा आँखा देखाएर मात्र औषधि प्रयोग गर्न सुझाव दिइन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend