images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • विदेशको अनुभव मातृभूमिको समृद्धिसँग साझा गर्न...

विदेशको अनुभव मातृभूमिको समृद्धिसँग साझा गर्न आग्रह

विदेशको अनुभव मातृभूमिको समृद्धिसँग साझा गर्न आग्रह

images
images
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौं । नेपालको पहिलो विश्वव्यापी परिकारसम्बन्धी 'फलाङ फुड डिक्सनरीका लेखक तथा अष्ट्रेलियामा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली लेखक एवं सञ्चारकर्मी शिव न्यौपानेले कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) लाई अमेरिकामा देखेका खाद्य सहायता तथा सामाजिक सुरक्षा प्रणालीका अनुभव नेपाली समाजसँग साझा गर्न आग्रह गरेका छन्।

    images
    images

    न्यौपानेले विदेश बसाइलाई व्यक्तिगत निर्णयका रूपमा सम्मान गर्नुपर्ने बताउँदै रोजगारी, शिक्षा, सुरक्षा, जीवनस्तर तथा पारिवारिक भविष्यका कारण मानिसहरू विदेश जाने भएकाले त्यसलाई आलोचनाको विषय बनाउन नहुने धारणा व्यक्त गरेका छन्। उनका अनुसार विदेशमा बसोबास गर्ने नेपालीहरूले त्यहाँबाट हासिल गरेका ज्ञान, सीप, अनुभव र सफल अभ्यासहरू नेपालसँग साझा गर्नु नै मातृभूमिप्रतिको वास्तविक योगदान हो।

    उनले विशेषगरी अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायत विकसित मुलुकमा सञ्चालन हुने फूड बैंक, न्यून आय भएका परिवारका लागि खाद्य सहायता कार्यक्रम तथा खाद्य वितरण प्रणाली नेपालका लागि अध्ययनयोग्य रहेको उल्लेख गरेका छन्। यस्ता प्रणालीले खाद्य असुरक्षामा रहेका समुदायलाई राहत पुर्‍याउनुका साथै खाद्य खेर जाने समस्या घटाउने, सामुदायिक सहकार्य बढाउने र सामाजिक उत्तरदायित्वलाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

    images
    images

    करिब दुई दशकदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका न्यौपानेले नेपाली सञ्चारमाध्यममार्फत खाद्य सुरक्षा, वातावरण, सार्वजनिक नीति तथा सामाजिक विषयमा निरन्तर लेखन र विश्लेषण गर्दै आएका छन्। उनका अनुसार डिजिटल युगमा मातृभूमिप्रति योगदान गर्न नेपालमै भौतिक रूपमा उपस्थित हुन आवश्यक छैन। ज्ञान, अनुसन्धान, नीति सुझाव, लेखन तथा व्यावसायिक अनुभवको आदानप्रदानमार्फत विदेशमा रहेका नेपालीहरूले पनि राष्ट्र निर्माणमा प्रभावकारी भूमिका खेल्न सक्छन्।

    न्यौपानेले नेपालमा दीर्घकालीन रूपमा सामुदायिक फूड बैंक स्थापना गर्ने अवधारणाको समेत निरन्तर वकालत गर्दै आएका छन्। सरकार, निजी क्षेत्र, स्थानीय तह, सामाजिक संस्था र स्वयंसेवी समूहबीच सहकार्य हुन सके आवश्यकतामा रहेका परिवारलाई खाद्य सहायता उपलब्ध गराउनुका साथै खाद्य खेर जाने समस्यालाई पनि न्यूनीकरण गर्न सकिने उनको विश्वास छ।

    यही सन्दर्भमा उनले कलाकार केदार प्रसाद घिमिरेलाई अमेरिकामा बसाइका क्रममा देखेका सामाजिक सुरक्षा, खाद्य सहायता तथा खाद्य वितरण प्रणालीका सफल अभ्यासहरू नेपाली समाजसँग साझा गर्न आग्रह गरेका छन्। विदेशमा आर्जन गरिएको ज्ञान, अनुभव र सकारात्मक अभ्यास नेपालमा उपयोग गर्न सके त्यसले सामाजिक विकास, खाद्य सुरक्षा र सार्वजनिक नीतिको सुधारमा दीर्घकालीन योगदान पुग्ने न्यौपानेको विश्वास छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend