images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • उच्च अदालत पाटनमा ११ हजार ४६८...

उच्च अदालत पाटनमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

उच्च अदालत पाटनमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

images
images
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौँ । उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२/०८३) मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भएको हो ।न्यायालयले दुई वर्ष नाघेका र १८ महिना नाघेका मुद्दा शून्यमा झार्न सफल भएको छ । त्यस्तै, एक वर्ष नाघेका ३५३ रहेका छन् । मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार १८ वर्षमुनिका मुद्दा शून्यमा झार्न सफल भएको जिकिर गरे ।

    images
    images

    “विकास निर्माण र राजस्व असुलीका मुद्दालाई विशेष प्राथमिकता दिएका छौँ”, उनले भने । उच्च अदालत पाटनले चालु आर्थिक वर्षमा ७४० थान मुद्दा फछ्र्योट गरेको र एक वर्ष नाघेका थुनुवा मुद्दा १२ थान बाँकी रहेको जनाएको छ ।मातहतका जिल्लामा सिन्धुपाल्चोकले ७७.४, रसुवाले ७५.६ र जिल्ला अदालत काठमाडौँले सबैभन्दा कम ४२.३ प्रतिशत मुद्दा फछ्र्योट गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend