फ्रान्सका कप्तान केलिन एमबाप्पेले विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जिते । टोलिलाई उपाधि जिताउन नसके पनि उनले व्यक्तिगत रुपमा भने उक्त उपलब्धि हासिल गरेका हुन् ।उनले विश्वकपभर सर्वाधिक १० गोल गरे । एमबाप्पे लगातार दुई पटक गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी समेत बने । अघिल्लो विश्वकपमा पनि उनले गोल्डेन बुट जितेका थिए । उनको मात्रै होइन समूह चरणदेखि नकआउट चरणसम्म फ्रान्सको प्रदर्शन पनि जबरजस्त थियो । सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित हुँदै फ्रान्स उपाधि होडबाट बाहिरियो । एमबाप्पेले सन् २०१८ मा १९ वर्षकै उमेमरमा फ्रान्सबाट विश्वकप उपाधि जितेका थिए । त्यसको चार वर्षपछि कतारमा विश्वकप हुँदा एमबाप्पे परिपक्क भइसकेका थिए र फ्रान्सलाई फाइनल पुर्याउँदै गोल्डेन बुट अवार्ड जिते ।
फाइनलमा अर्जन्टिना विरुद्ध ह्याट्रिक गरेपनि पेनाल्टीसुटआउटमा फ्रान्स अभागी बन्दा एमबाप्पे लगातार विश्वकप ट्रफी उचाल्नबाट बन्चित भए । पहिलो विश्वकपमा ४ गोल गरेका उनले २०२२ मा सर्वाधिक ८ गोल गर्दै व्यक्तिगत अवार्ड जितेका थिए । आफ्नो तेस्रो विश्वकपमा एमबाप्पे कप्तान नै बने । २७ वर्षको उमेरमा फ्रान्सको कप्तानी गर्दा भने एमबाप्पेले टिमलाई फाइनल पुर्याउन सकेनन् ।




.gif)



