images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • गत आवमा दुई दर्जन कम्पनीले पाए...

गत आवमा दुई दर्जन कम्पनीले पाए आईपीओ अनुमति, हाइड्रोपावर मात्रै १५ वटा

गत आवमा दुई दर्जन कम्पनीले पाए आईपीओ अनुमति, हाइड्रोपावर मात्रै १५ वटा

images
images
आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • गत आर्थिक वर्ष २०८२/८३ मा दुई दर्जन कम्पनीले आइपीओ अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार गत आर्थिक वर्षमा बोर्डबाट २४ वटा कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका हुन् । बोर्डबाट आईपीओ जारी गर्ने अनुमति पाएका कम्पनीहरुले आईपीओ जारी गरिसकेका छन् । २४ वटामध्ये अधिकांशको आईपीओ नेप्सेमा सूचीकृतसमेत भइसकेका छन् । बोर्डले गत आर्थिक वर्षमो अघिल्लो वर्षको तुलना ६० प्रतिशत बढी कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको छ ।  अघिल्लो वर्ष २०८१/८२ मा धितोपत्र बोर्डले १५ वटा कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो । गत आवमा आईपीओ निष्कासनको अनुमति पाउने कम्पनीहरुमा अधिकांश हाइड्रोपावर कम्पनी छन् । गत आर्थिक वर्षमा यो बोर्डले १५ वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ अनुमति दिएको छ ।

    images
    images

    बोर्डको तथ्यांक अनुसार गत आर्थिक वर्षमा आईपीओ जारी गर्ने अनुमति पाउने कम्पनीहरुमध्ये ७ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनी रहेका छन् । त्यस्तै  एउटा विकास बैंक र एउटा होटलले आईपीओ जारी गर्न अनुमति पाएका छन् ।बोर्डबाट गत आवमा अनुमति पाएका सबै २४ वटै कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गरेका छन् । गत आवमा यी कम्पनीले सर्वसाधारणलाई ९ करोड ११ लाख ८७ हजार ९४६ कित्ता आईपीओ बिक्री गरेर ९ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० रुपैयाँ पुँजी जुटाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend