images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • विश्वकप फाइनलको टिकट ३५ करोड रुपैयाँसम्म,...

विश्वकप फाइनलको टिकट ३५ करोड रुपैयाँसम्म, समर्थक चकित

विश्वकप फाइनलको टिकट ३५ करोड रुपैयाँसम्म, समर्थक चकित

images
images
आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • काठमाडौँ। अमेरिकाको न्युयोर्क–न्युजर्सीस्थित स्टेडियममा आइतबार हुने फिफा विश्वकप २०२६ को फाइनल खेल प्रत्यक्ष हेर्न चाहने समर्थकका लागि टिकट किन्नु निकै महँगो बनेको छ।खेल सुरु हुनुभन्दा एक दिन अघि पुनर्बिक्री बजारमा केही टिकटको मूल्य २३ लाख अमेरिकी डलरसम्म पुगेको छ, जुन नेपाली रुपैयाँमा करिब ३५ करोड ५३ लाख बराबर हो .लियोनेल मेसीको अर्जेन्टिना र लामिन यामलको स्पेनबीच हुने बहुप्रतीक्षित फाइनलका कारण टिकटको माग अत्यधिक बढेको हो। फिफाको आधिकारिक बिक्री प्रणालीमार्फत उपलब्ध अधिकांश टिकट शुक्रबारसम्मै बिक्री भइसकेका थिए। त्यसबेला बाँकी रहेका केही टिकटको मूल्य करिब ३२ हजार अमेरिकी डलर थियो।

    images
    images

    तर शनिबारसम्म आधिकारिक रूपमा बिक्रीका लागि कुनै टिकट बाँकी रहेन। त्यसपछि पुनर्बिक्री प्लेटफर्ममा टिकटको मूल्य १० हजार डलरदेखि २३ लाख डलरसम्म पुगेको देखिएको छ।उच्च मूल्यका बाबजुद पनि विश्वकपप्रति समर्थकको आकर्षण भने कम भएको छैन। फिफाका अनुसार समूह चरणका अधिकांश खेल पूर्ण रूपमा भरिएका थिए। प्रारम्भिक चरणमा उपलब्ध कुल सिटमध्ये ९९.७ प्रतिशत सिट भरिएको तथ्यांकले देखाएको छ।टिकट बजारका जानकार स्कट फ्रिडम्यानले फिफाले समर्थकको मागको सही अनुमान गर्दै मूल्य निर्धारण गरेकाले महँगो टिकट पनि सहजै बिक्री भएको बताए। उनका अनुसार प्रतियोगिताका सबै १०४ खेलका टिकटप्रति अपेक्षाभन्दा बढी उत्साह देखिएको थियो।

    यस संस्करणको विश्वकपमा फिफाले पहिलोपटक डाइनामिक प्राइसिङ प्रणाली लागू गरेको थियो। यस प्रणालीअन्तर्गत टिकटको मूल्य वास्तविक समयको मागअनुसार परिवर्तन हुने व्यवस्था गरिएको थियो। समूह चरणका खेलका लागि सुरुआती टिकट मूल्य ५७५ अमेरिकी डलर तोकिए पनि माग बढेसँगै मूल्य निरन्तर बढ्दै गएको थियो।यद्यपि, डाइनामिक प्राइसिङ प्रणालीप्रति आलोचना पनि भएको छ। कोलम्बिया विश्वविद्यालयका प्राध्यापक एडम एल्माक्टुबले यस्तो मूल्य निर्धारण प्रणाली पारदर्शी हुनुपर्ने बताएका छन्। उनका अनुसार विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगितामा मूल्य कसरी निर्धारण हुन्छ भन्ने विषय स्पष्ट रूपमा सार्वजनिक गरिनुपर्छ।विशेषज्ञहरूका अनुसार फिफाले सबै टिकट एकैपटक बिक्रीमा नराखी चरणबद्ध रूपमा सार्वजनिक गरेको थियो। यसले टिकट अभावको मनोवैज्ञानिक प्रभाव सिर्जना गर्दै माग र मूल्य दुवै बढाउन सहयोग गरेको विश्लेषण गरिएको छ।

    images
    images

    अमेरिकामा पुनर्बिक्री सम्बन्धी नियम अपेक्षाकृत खुकुलो भएकाले दोस्रो बजारमा टिकट विक्रेताले आफूअनुकूल मूल्य तोक्न पाएका छन्। यही कारण फाइनलका टिकटको मूल्य झन् चुलिएको हो। पुनर्बिक्री प्लेटफर्म सिटगिकका अनुसार शुक्रबारसम्म फाइनल टिकटको औसत मूल्य ११ हजार अमेरिकी डलरभन्दा बढी पुगेको थियो, जुन सन् २०२४ को सुपर बाउलको औसत टिकट मूल्यभन्दा पनि करिब ८ प्रतिशत महँगो हो।यसैबीच, मानव अधिकार तथा समर्थक संगठनहरूले अत्यधिक महँगो टिकटका कारण सामान्य समर्थक विश्वकपबाट टाढिएको टिप्पणी गरेका छन्। फुटबल सपोर्टर्स युरोपका कार्यकारी निर्देशक रोनान इभानले आर्थिक रूपमा सक्षम व्यक्ति, अमेरिका यात्रा गर्न सक्ने र महँगो टिकट खरिद गर्न सक्ने समर्थकले मात्रै प्रत्यक्ष रूपमा विश्वकपको रोमाञ्च अनुभव गर्न पाएको बताएका छन्।फिफाले विश्वकपलाई सबैका लागि पहुँचयोग्य बनाउने दाबी गरे पनि महँगो टिकट, यात्रा खर्च र भिसा प्रक्रियाका कारण धेरै देशका समर्थक मैदानमै पुग्न नसकेको भन्दै आलोचना भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend