images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • मकवानपुर हुँदै सञ्चालन भइरहेका सवारी साधनका...

मकवानपुर हुँदै सञ्चालन भइरहेका सवारी साधनका लागि ‘ट्राभल एडभाइजरी’ जारी

मकवानपुर हुँदै सञ्चालन भइरहेका सवारी साधनका लागि ‘ट्राभल एडभाइजरी’ जारी

images
images
आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • बागमती । मौसमजन्य सम्भाव्य प्रकोपलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना प्रकाशित गर्दै ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ ।मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको सूचनामा देशभर मनसुनी वर्षा सक्रिय रहेको तथा जल तथा मौसम विज्ञान विभागबाट जारी पूर्वानुमानअनुसार बागमती प्रदेशसहित मकवानपुर जिल्ला र आसपासका क्षेत्रमा भारीदेखि अतिभारी वर्षा भई बाढी, पहिरो, सडक कटान, डुबान तथा गेग्रान बहावको उच्च जोखिम रहेको उल्लेख गरिएको छ ।

    images
    images

    सम्भावित विपद्बाट हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रशासनले मकवानपुर–काठमाडौँ, मकवानपुर–चितवन, मकवानपुर–ललितपुर तथा मकवानपुर–सिन्धुली सडकमार्ग प्रयोग गर्ने सम्पूर्ण यात्रु, सवारी चालक, यातायात व्यवसायी तथा सर्वसाधारणका लागि ट्राभल एडभाइजरी जारी गरेको हो ।सूचनाअनुसार विपद् जोखिमका सम्भावनाका कारण शनिबार साँझदेखि आइतबार बिहान ५.०० बजेसम्म हेटौँडा हुँदै देउराली काठमाडौँ जाने सवारीसाधनलाई चौकीटोलमा रोकिने र कान्ति राजमार्ग हुँदै ललितपुर जाने सवारीसाधनलाई पूर्वसूचनाअनुसार शनिबार साँझ ६.०० बजेदेखि चौघडामा नै रोकिएको छ ।

    प्रशासनले रातिको समयमा तथा निरन्तर वर्षा भइरहेका बेला अनावश्यक यात्रा नगर्न, पहिरो, बाढी, सडक कटान तथा नदी–खोल्साको बहाव बढ्न सक्ने जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । नदी, खोला तथा खोल्सामा पौडी खेल्न, नुहाउन वा किनारमा अनावश्यक रूपमा नजान तथा बालबालिकालाई पनि त्यस्ता स्थानमा जान नदिन पनि आग्रह गरिएको छ ।सडक अवरुद्ध वा जोखिमपूर्ण अवस्था सृजना भएमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायको निर्देशन पालना गरी सुरक्षित स्थानमा बस्न, पानी बगिरहेको सडक, पुल वा डुबान भएको स्थान पार गर्ने प्रयास नगर्न आग्रह गरिएको छ । लामो दूरीको यात्रा सुरु गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्दै प्रशासनले आपतकालीन अवस्थामा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४, ट्राफिक प्रहरीको १०३, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (विपद्)को १२३४ र एम्बुलेन्सको लागि १०२ नम्बरमा खबर गर्न पनि आग्रह गरेको छ ।अफवाह वा अपुष्ट सूचनामा विश्वास नगरी जिल्ला प्रशासन कार्यालय, मकवानपुर बथा सम्बन्धित सुरक्षा निकायबाट जारी आधिकारिक सूचनाको मात्र पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend