images

२०८३ आश्विन २३ गते

images
images
images

तिहारका लागि २५ करोडको झिलिमिली बत्ती आयात

तिहारका लागि २५ करोडको झिलिमिली बत्ती आयात

images
images
बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • काठमाडौँ । व्यवसायीहरूले यो वर्षको तिहारका लागि २५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती मगाए पनि असोजको दोस्रो साता आएको बाढीले केरुङ नाकाको राजमार्ग अवरुद्ध भएका कारण के कति आइपुग्यो भन्ने यकिन तथ्यांक नभएको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रमेश देवकोटाले बताएका छन् ।

    images
    images

    भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्ष (२०८१/८२) को असोज मसान्तसम्ममा ४ करोड ७४ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । चालु आर्थिक वर्षमा चीन, बहराइन, इजरायल, ओमानलगायतका ८ मुलुकबाट यस्तो बत्ती आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

    सबैभन्दा धेरै चीनबाट आयात भएको छ भने दोस्रोमा भारतबाट र तेस्रोमा कतारबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।चीनबाट ४ करोड ४३ लाख ७४ हजार रुपैयाँको झिलिमिली बत्ती आयात भएको छ । यस्तै भारतबाट ३० लाख रुपैयाँको, कतारबाट २६ हजार रुपैयाँ, बहराइन र साउदी अरेबियाबाट ७/७ हजार रुपैयाँको, ओमानबाट ५ हजार रुपैयाँ, इजराइल र मलेसियाबाट १/१ हजार रुपैयाँको झिलिमिली बत्ती आयात भएको हो ।

    images
    images

    बर्सेनि झिलिमिली बत्तीको आयात घट्दै

    नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रमेश देवकोटाका अनुसार प्रत्येक वर्षको तिहारमा ३५ देखि ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती खपत हुने गरेको छ । तर पछिल्लो वर्ष यस्तो बत्तीको खपत घट्दै गएको उनको भनाइ छ ।उनका अनुसार अघिल्लो वर्ष (२०८०/८१) मा ४५ करोड रुपैयाँ बराबरको बत्ती आयात भएको थियो । तर त्यसको ६० प्रतिशतमात्रै बिक्री भएको थियो ।

    अघिल्ला वर्षको तुलनामा पछिल्ला वर्ष झिलिमिली बत्तीको व्यापार घट्टै गएको अध्यक्ष देवकोटा बताउँछन् । त्यसकारण यो वर्ष झिलिमिली बत्तीको आयात परिमाण घटाइएको उनको भनाइ छ ।‘यी बत्ती एकदुई वर्ष टिक्ने भएकाले पनि व्यापारमा कमी आएको हुन सक्छ । अर्को, बजेट अभावका कारण सरकारी भवन निर्माण हुन सकेका छैनन् । यस्तै युवा विदेश पलायन भएका कारण घरजग्गाको कारोबार घटेकाले निजी घर बन्ने क्रम पनि पहिलाजस्तो छैन,’ देवकोटाले भने, ‘यी विभिन्न कुराले हाम्रो बजार साँघुरिँदै गएको छ ।’यसैगरी असोजको दोस्रो साताको बाढी पहिरोले गर्दा केरुङ नाका बन्द हुँदा यो वर्षको तिहारका लागि ल्याउँदै गरेका झिलिमिली बत्ती आइपुग्न नसकेको देवकोटाले बताए ।तिहारका लागि २५ करोड बराबरको सामान ल्याइएको छ । के कति आइपुग्यो र के कति आउन बाँकी छ भन्ने यकिन तथ्याङ्क छैन,’ उनले भने ।

    कुन वर्षको तिहारमा कति आयो झिलिमिली बत्ती ?

    kk

                                                                                   स्रोतः नेपाल विद्युतीय व्यवसायी महासंघ

    नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार आर्थिक वर्ष २०७६/७७ को तिहारमा ४० करोडको झिलिमिली बत्ती आयात गरिएको थियो । २०७७/७८ को तिहारमा  ठुलो परिमाणमा आयात घटेर २५ करोड बराबरको झिलिमिली बत्ती आयात गरियो ।२०७८/७९ र २०७९/८० मा ४०/४० करोडको बत्ती आयात भएको थियो भने २०८०/८१ को तिहारमा बढेर ४५ करोडको आयात भयो । तर आयात भएका सबै सामग्री बिक्री नभएको महासंघले जनाएको छ । अघिल्लो वर्षकै ४० प्रतिशत बत्ती बाँकी रहेकाले व्यापारीले चालु आर्थिक वर्षमा आयात घटाएर २५ करोडमा सीमित राखेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend