images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • पेलेको ऐतिहासिक विश्वकप जर्सी ४९ लाख...

पेलेको ऐतिहासिक विश्वकप जर्सी ४९ लाख डलरमा बिक्री

पेलेको ऐतिहासिक विश्वकप जर्सी ४९ लाख डलरमा बिक्री

images
images
शनिवार, श्रावण २ २०८३
शनिवार, श्रावण २ २०८३
  • काठमाडौँ । ब्राजिलका महान् फुटबल खेलाडी पेलेले सन् १९५८ को फिफा विश्वकप फाइनलमा लगाएको ऐतिहासिक जर्सी ४९ लाख अमेरिकी डलरमा लिलामीमा बिक्री भएको छ।

    images
    images

    अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा उक्त जर्सी बिक्री भएको हो। यो फुटबल इतिहासमा लिलामीमार्फत बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी बनेको छ।

    अहिलेसम्मकै सबैभन्दा महँगो फुटबल जर्सी भने अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको जर्सी हो, जुन सन् २०२२ मा ९५ लाख अमेरिकी डलरमा बिक्री भएको थियो।

    images
    images

    पेलेको जर्सीका लागि पाँचभन्दा बढी प्रतिस्पर्धीबीच १० चरणको बोलकबोल भएको थियो। यही जर्सी सन् २००४ मा भने एक लाख पाँच हजार ६ सय अमेरिकी डलरमा बिक्री भएको थियो।

    पेलेले १७ वर्षको उमेरमा स्विडेनविरुद्धको सन् १९५८ विश्वकप फाइनलमा दुई गोल गर्दै ब्राजिललाई पहिलो पटक विश्वकप उपाधि दिलाएका थिए। विश्व फुटबलका दुई महान् हस्ती पेले र म्याराडोना दुवैको निधन भइसकेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend