images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • अष्ट्रेलियामा नेपाली उद्यमशीलताको उदाहरण बन्यो ‘राइस...
अर्थसमाचार संवाददाता

अष्ट्रेलियामा नेपाली उद्यमशीलताको उदाहरण बन्यो ‘राइस स्पाइस डाइस’

अष्ट्रेलियामा नेपाली उद्यमशीलताको उदाहरण बन्यो ‘राइस स्पाइस डाइस’

images
images
शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • काठमाडौं । अष्ट्रेलियामा नेपाली उद्यमशीलताको सफल उदाहरणका रूपमा स्थापित ‘राइस स्पाइस डाइस (Rice Spice Dice)’ ले दक्षिण एसियाली समुदायमाझ विश्वासिलो खाद्य तथा किराना केन्द्रको पहिचान बनाएको छ।

    images
    images

    नेपालको पहिलो अन्तर्राष्ट्रिय परिकारसम्बन्धी ‘फालाङ फुड डिक्सनरी’ का लेखक तथा अष्ट्रेलिया संवाददाता शिवा न्यौपानेले सुलभ श्रेष्ठको नेतृत्वमा विकसित ‘राइस स्पाइस डाइस’लाई प्रवासमा नेपाली उद्यमशीलताको प्रेरणादायी उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार यो व्यवसायले नेपाली खानपान, संस्कृति र उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको छ।

    सिड्नीमा सञ्चालनमा रहेको ‘राइस स्पाइस डाइस’ले चामल, मसला, ताजा तरकारी, मासु, फ्रोजन खाद्य सामग्री, दाल, तेल, मिठाइलगायत नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका हजारौँ खाद्य तथा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदै आएको छ। यसले आप्रवासी समुदायलाई आफ्नो मातृभूमिको स्वाद र संस्कृतिसँग जोडिराख्न सहयोग पुर्‍याएको बताइएको छ।

    images
    images

    अष्ट्रेलियाली व्यावसायिक अभिलेखअनुसार ‘राइस स्पाइस डाइस’ JT Foods Pty Ltd अन्तर्गत दर्ता भएको व्यवसाय हो। सार्वजनिक रूपमा सुलभ श्रेष्ठलाई यस ब्रान्डका प्रमुख प्रेरक तथा नेतृत्वदायी उद्यमीका रूपमा चिनिन्छ। गुणस्तरीय सेवा, ग्राहक सन्तुष्टि र दीर्घकालीन व्यावसायिक दृष्टिकोणका कारण व्यवसायले सिड्नीको प्रतिस्पर्धी बजारमा उल्लेखनीय स्थान बनाएको छ।

    शिवा न्यौपानेका अनुसार सुलभ श्रेष्ठको यात्रा व्यक्तिगत सफलतामा मात्र सीमित छैन, यसले विदेशमा बसेर पनि नेपालीहरूले इमानदारी, परिश्रम र उद्यमशीलतामार्फत अन्तर्राष्ट्रिय बजारमा सफल पहिचान स्थापित गर्न सक्ने स्पष्ट सन्देश दिएको छ। उनका अनुसार आगामी दिनमा ‘राइस स्पाइस डाइस’ले अझ विस्तार हुँदै नेपाली उद्यमशीलताको अन्तर्राष्ट्रिय छविलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend