images

२०८३ आश्विन १६ गते

images
images
images

राससकर्मी लिम्बूलाई ‘माङसेबुङ पत्रकारिता पुरस्कार’

राससकर्मी लिम्बूलाई ‘माङसेबुङ पत्रकारिता पुरस्कार’

images
images
शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • फिक्कल (इलाम), १ साउन । राष्ट्रिय समाचार समिति (रासस)का इलाम समाचारदाता रामकुमार लिम्बू ‘माङसेबुङ पत्रकारिता पुरस्कार–२०८३’ बाट पुरस्कृत भएका छन् । जिल्लाको माङसेबुङ गाउँपालिकाले राससकर्मी लिम्बूलाई नगद रु ५१ हजार राशिको पुरस्कारसहित सम्मान गरेको हो । 

    images
    images

    बिहीबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत नवदीप राईलगायतले लिम्बूलाई दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गरेका छन् ।

    गाउँपालिकाले माङसेबुङको विकास र समृद्धिको विषयमा राससमार्फत समाचार सम्प्रेषण गरी पुर्याएको योगदानको कदर गर्दै लिम्बूलाई नगद पुरस्कारसहित सम्मान गरिएको माङसेबुङ गाउँपालिकाले जनाएको छ । माङसेबुङ गाउँपालिकाको १८औँ गाउँसभा समापनका अवसरमा आयोजित कार्यक्रमा लिम्बू पुरस्कृत भएका छन् ।

    images
    images

    गाउँपालिकाको विकास र समृद्धिसँग सम्बन्धि समाचार आलेख तथा अनुसन्धानमूलक सामग्रीको उत्पादन तथा प्रकाशन।प्रसारण गर्ने एक जना क्रियाशील पत्रकारलाई हरेक वर्ष सो पुरस्कृत गर्न माङसेबुङले यस वर्षदेखि सो पुरस्कार स्थापना गरेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताएका छन् । 

    ‘माङसेबुङ गाउँपालिका पत्रकारिता पुरस्कार कार्यविधि, २०८३’ अनुसार पुरस्कार वितरण सुरु गरिएको उनले बताएका छन् ।

    पुरस्कार प्राप्त गरेपछि लिम्बूले पत्रकारिता पेसाप्रति थप जिम्मेवार बन्न र पेसामै रहिरहन ऊर्जा मिलेको प्रतिक्रिया दिएका छन् । लिम्बू २०८० सालदेखि राससमा आबद्ध छन् ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend