images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • ५ निकायलाई खाली राखेर ५ सचिवलाई...

५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा

५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा

images
images
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ । सचिवको दरबन्दी रहेका ५ निकायलाई खाली राखेर वालेन्द्र शाह नेतृत्वको सरकारले ५ सचिवलाई जगेडा (अतिरिक्त समूह) मा राखेको छ । 

    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेब पोर्टलका अनुसार सचिवको दरबन्दी रहेका न्याय परिषद् सचिवालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, महालेखा नियन्त्रक कार्यालय, नेपाल ट्रस्टको कार्यालय र निर्वाचन अयोग सचिवविहीन छन् । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा ५ सचिव जिम्मेवारी विहीन अवस्थामा छन् । वेब पोटलका अनुसार सचिवहरू डा.गोविन्द शर्मा, लोकनाथ पौड्याल, राधिका अर्याल, हरिप्रसाद मैनाली र डुण्डुराज घिमिरे जगेडामा छन् । जगेडामा रहेका सचिवमध्ये घिमिरे भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेकाले निलम्बनमा छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend