काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको छ।
‘रक्तदान जीवनदान – हामी सबैको योगदान’ भन्ने मूल नारासहित कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित खुला रक्तदान कार्यक्रममा कर्मचारी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको कम्पनीले जनाएको छ।
वार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेसले वर्षभर उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत पनि गरेको छ।
कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपाल को समेत उपस्थिति रहेको थियो।
कम्पनीले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा पनि समाजहितका गतिविधिलाई प्राथमिकता दिने जनाएको छ।




.gif)





