images

२०८३ आश्विन १५ गते

images
images
images

अन्नपूर्णको किम्रुङखोलामा बाढी

अन्नपूर्णको किम्रुङखोलामा बाढी

images
images
आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • गण्डकी, २८ असार । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आउँदा खोला किनारका बस्तीमा जोखिम बढेको छ । किम्रुङ भन्ने ठाउँमा पहिरो खस्दा खोला थुनिएर तल्लो तटीय क्षेत्रमा बाढी आएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।

    images
    images

    उनका अनुसार वडा नं ८ स्याउली बजारमा रहेका केही भौतिक संरचनामा क्षति पुगेको छ । “मानवीय क्षति भने भएको छैन, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न सूचीत गरेका छौँ”, उनले भने । 

    खोलामा बाढी आएपछि स्थानीयवासी त्रसित बनेका छन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बाढीको घटनाबारे विवरण लिने काम भइरहेको बताए । स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend