images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • रुसी कच्चा तेल आयातमा जुन...

रुसी कच्चा तेल आयातमा जुन महिनामा ३४ प्रतिशतको वृद्धि

रुसी कच्चा तेल आयातमा जुन महिनामा ३४ प्रतिशतको वृद्धि

images
images
आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • एजेन्सी । सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए) को प्रतिवेदन अनुसार, रुसको समग्र तेल निर्यात राजस्वमा गिरावट आएको भए तापनि जुन महिनामा भारतले आयात गर्ने रुसी कच्चा तेलको परिमाणमा ३४ प्रतिशतले वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ । जुन महिनामा मात्रै ४.५ अर्ब युरो बराबरको रुसी कच्चा तेल खरिद गरेको छ । त्यो उसको कुल ५.५ अर्ब युरोको रुसी खनिज इन्धन आयातको ८३ प्रतिशत हिस्सा हो । यस तथ्यांकसँगै भारत चीनपछि रुसी हाइड्रोकार्बनको विश्वकै दोस्रो ठूलो खरिदकर्ता बनेको प्रतिवेदनमा उल्लेख छ ।

    images
    images

    भारतको समग्र कच्चा तेल आयातमा अघिल्लो महिनाको तुलनामा ५.४ प्रतिशतले वृद्धि हुँदा रुसी तेलको आयातमा भने निकै तीव्र उछाल देखिएको हो जसमा मुख्य भारतीय रिफाइनरीहरूले रुसबाट हुने आपूर्तिमा ठूलो फड्को मारेका छन् । मे महिनाको तुलनामा रिलायन्स इन्डस्ट्रिजको जामनगर रिफाइनरीमा हुने आपूर्ति १५० प्रतिशतले बढेको छ भने इन्डियन आयल कर्पोरेसनको पारादीप रिफाइनरीमा हुने आयात १२६ प्रतिशतले वृद्धि भएको छ ।त्यसैगरी, बीपीसीएलको कोच्चि रिफाइनरी र नायरा इनर्जीको वाडिनार रिफाइनरीमा क्रमशः ८३ प्रतिशत र ४५ प्रतिशतको वृद्धि रेकर्ड गरिएको सीआरईएले जनाएको छ ।भारतीय खरिदमा भएको यस वृद्धिका कारण जुन महिनामा रुसको कच्चा तेल निर्यातको कुल परिमाणमा १४ प्रतिशतले सुधार आएको छ यद्यपि तेलको मूल्यमा आएको गिरावटले गर्दा रुसको कच्चा तेल निर्यात राजस्व भने ८ प्रतिशतले घटेर दैनिक ३४ करोड ८० लाख युरोमा झरेको छ ।

    निर्यात परिमाण ७ प्रतिशतले बढे पनि समग्रमा रुसी खनिज इन्धन निर्यातको राजस्व १ प्रतिशतले घटेर दैनिक ७३ करोड ४० लाख युरो पुगेको प्रतिवेदनले देखाएको छ ।सीआरईएका अनुसार, जुन २०२६ मा भारत ५.५ अर्ब युरोको रुसी हाइड्रोकार्बन आयात गर्दै रुसी खनिज इन्धनको दोस्रो ठूलो ग्राहक बनेको छ । भारतको कुल खरिदमध्ये कच्चा तेलले ८३ प्रतिशत अर्थात् ४.५ अर्ब युरो ओगटेको छ भने बाँकी आयातमा पेट्रोलियम उत्पादनहरू (४८ करोड ८० लाख युरो) र कोइला (४४ करोड ४० लाख युरो) रहेका छन् ।रुसी कच्चा तेलबाट उत्पादित प्रशोधित इन्धनको विश्वव्यापी व्यापार प्रवाहमा भारतले अझै पनि मुख्य भूमिका खेलिरहेको छ ।जुन महिनामा भारत, टर्की, ब्रुनाई र जर्जियाका रिफाइनरीहरूले रुसमाथि प्रतिबन्ध लगाउने युरोपेली संघ, अस्ट्रेलिया र अमेरिका जस्ता देशहरूमा ८१ करोड ४० लाख युरो बराबरको तेल उत्पादन निर्यात गरेका छन् । ती निर्यातमध्ये करिब ३६ करोड ९० लाख युरो बराबरको इन्धन रुसी कच्चा तेलबाटै प्रशोधन गरिएको अनुमान गरिएको छ ।

    images
    images

    रुसी कच्चा तेलबाट बनेका उत्पादनहरूको आयातमा युरोपेली संघको प्रतिबन्धका बावजुद जुन महिनामा रुसी कच्चा तेल प्रयोग गर्ने भारतीय रिफाइनरीका दुईवटा ढुवानीहरू युरोपेली संघका बन्दरगाहहरूमा ओरालिएको प्रतिवेदनले औंल्याएको छ ।साथै, रुसी कच्चा तेलबाट प्रशोधित डिजेल र जेट इन्धन आयातमा विशेष छुट दिएपछि बेलायतले जामनगरबाट जेट इन्धनको पहिलो खेप प्राप्त गरेको छ । जुन २०२६ मा बेलायत सरकारको छुटपछि भारतको जामनगर रिफाइनरीबाट उत्पादित करिब ६ करोड ३० लाख युरो मूल्यको जेट इन्धनको पहिलो खेप थाम्स हेभन र आइल अफ ग्रेन बन्दरगाहमा ओरालिएको थियो ।जामनगर रिफाइनरी रिलायन्स इन्डस्ट्रिज लिमिटेडको स्वामित्वमा रहेको छ र सोही कम्पनीले यसको सञ्चालन गर्दै आएको छ ।अमेरिकातर्फ हुने निर्यात भारतको जामनगर रिफाइनरी, टर्कीको सोकार–स्वामित्वको स्टार रिफाइनरी र टुप्रास इज्मित रिफाइनरीबाट भएको पाइएको छ । अघिल्लो तीन महिनाको तथ्यांक अनुसार, टुप्रास इज्मित रिफाइनरीको ६० प्रतिशत र जामनगर रिफाइनरीको २७ प्रतिशत कच्चा तेलको कच्चा पदार्थ रुसबाटै आएको थियो ।

    जुन महिनामा ७.३ अर्ब युरोको खरिदका साथ चीन रुसको सबैभन्दा ठूलो खनिज इन्धन ग्राहक बनेको छ भने भारत ५.५ अर्ब युरोका साथ दोस्रो स्थानमा छ ।प्रतिवेदनले रुसी तेल निर्यात अझै पनि श्याडो फ्लिटमा अत्यधिक निर्भर रहेको तथ्यलाई पनि उजागर गरेको छ । जुन महिनामा रुसको समुद्री तेल निर्यातको ५४ प्रतिशत हिस्सा प्रतिबन्धित छाया ट्यांकरहरू मार्फत ढुवानी गरिएको थियो भने बाँकी ४३ प्रतिशत जी–७ राष्ट्रहरूको बीमा भएका वा उनीहरूको स्वामित्वमा रहेका जहाजहरू मार्फत ढुवानी भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend