images

२०८३ आश्विन १७ गते

images
images
images

वाणिज्य बैंकहरूले ११ महिनामा कमाए ६४ अर्ब ५६ करोड नाफा,नबिल सबैभन्दा अगाडि

वाणिज्य बैंकहरूले ११ महिनामा कमाए ६४ अर्ब ५६ करोड नाफा,नबिल सबैभन्दा अगाडि

images
images
आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुको नाफा १९ प्रतिशत भन्दा बढीले बढेको छ । वाणिज्य बैंकहरुको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३१ प्रतिशतले वृद्धि भएको हो ।वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ)सम्म २० वटा वाणिज्य बैंकहरुले ६४ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्ष २०८१/८२ को जेठसम्म वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १९.६२ प्रतिशतले बढेको छ । २० वाणिज्य बैंकहरु मध्य सबै भन्दा बढी नाफा कमाउनेमा नबिल बैंक शिर्ष स्थानमा रहेको छ । यो अवधिमा वृद्धिदरका हिसाबले कुमारी बैंक पहिलो स्थानमा रहेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म १५ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ५ वटाको घटेको छ । यस अवधिसम्म नबिल बैंकले सबै भन्दा बढी ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो बैंकको नाफा ३२.५२ प्रतिशतले बढेको छ ।

    images
    images

    यसैगरी धेरै नाफा कमाउने वाणिज्य बैंकको दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले समीक्षा अवधिसम्म ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ०.९६ प्रतिशतले घटेको छ । तेस्रो धेरै नाफा कमाउनेमा कुमारी बैंक रहेको छ । बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ७० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ३७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ११६८.४५ प्रतिशतले बढेको छ । जुन वाणिज्य बैंकहरुको नाफादर वृद्धिदरमा सबै भन्दा धेरै हो । त्यस्तै समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब ४९ करोड कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा २१.०५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यो बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै यो अवधिमा एभरेष्ट बैंकको नाफा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ४ अर्ब १२ करोड रुपैयाँ कमाएको छ । यो बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २४ करोड रुपैयाँ रहेको थियो । यो बैंकको नाफामा पनि २.७७ प्रतिशतले कम हो । 

    त्यस्तै प्राइम कर्मसियल बैंकको नाफा २९.०७ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकको नाफा २ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.८२ प्रतिशतले बढेको हो । यो बैंकको नाफा गत आर्थिक वर्षको ११ महिनाको अवधिमा २ अर्ब २० करोड रुपैयाँ रहेको थियो । त्यस्तै एनएमबी बैंकको नाफा ११ महिनाको अवधिमा १९.७८ प्रतिशतले बढेर ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै यो अवधिमा नेपाल बैंकको नाफा ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको भन्दा ८.३७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७ करोड रुपैयाँ रहेको थियो । त्यस्तै समीक्षा अवधिमा सानीमा बैंकको नाफा ३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा ४४.८४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २ अर्ब १५ करोड नाफा कमाएको थियो । त्यस्तै लक्ष्मी सनराइज बैंकको नाफा २ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको भन्दा यो नाफा १२.१८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ११ महिनामा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो । 

    images
    images

    यो अवधिमा सिद्धार्थ बैंकले २ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै स्ट्यान्र्डर्ट चार्टर्ड बैंकको नाफा २ अर्ब ६२ करोड, माचापुच्छ्रे बैंकको नापा २ अर्ब १७ करोड रुपैयाँ, कृषि विकास बैंकको नाफा १ अर्ब ९५ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकको नाफा १ अर्ब ८३ करोड, सिटिजन्स बैंकको १ अर्ब ७४ करोड रुपैयाँ, प्रभु बैंकको १ अर्ब ५० करोड रुपैयाँ, हिमालय बैंकको नाफा १ अर्ब १६ करोड पुगेको छ । त्यस्तै समीक्षा अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एसिया बैंक रहेको छ । यो बैंकले ५० करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend