images

२०८३ आश्विन १६ गते

images
images
images
  • अन्य
  • जेन–जी फ्रन्टद्वारा पक्राउ परेका अभियन्ताको रिहाइको...

जेन–जी फ्रन्टद्वारा पक्राउ परेका अभियन्ताको रिहाइको माग,

जेन–जी फ्रन्टद्वारा पक्राउ परेका अभियन्ताको रिहाइको माग,

‘प्रतिशोधपूर्ण कारबाही’ भएको आरोप

images
images
आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • काठमाडौँ, २८ असार । नेपाल जेन–जी फ्रन्टले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावित सुकुमबासीको अवस्था बुझ्न पुगेका आफ्ना अभियन्तामाथि सरकारले प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको आरोप लगाएको छ।

    images
    images

    फ्रन्टले शनिबार विज्ञप्ति जारी गर्दै सुकुमबासीविरुद्ध भएको राज्य दमनको विषयमा सर्वोच्च अदालतमा रिट दायर गरेका अभियन्ता माजिद अन्सारीलाई प्रतिशोध साँध्ने उद्देश्यले गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गरेको हो।

    विज्ञप्तिअनुसार पक्राउ गर्ने क्रममा प्रहरीले कुटपिट गरेको, शरीरका संवेदनशील अंगमा चोट पुर्‍याएको तथा ‘विद्यार्थी भएर राजनीति नगर’ भन्दै धम्की दिएको आरोप लगाइएको छ।

    images
    images

    फ्रन्टले पक्राउ परेका सबै अभियन्ताको निशर्त रिहाइ, घाइतेको निःशुल्क उपचार, कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही तथा बाढी प्रभावित सुकुमबासीहरूको मानवअधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

    यद्यपि, नेपाल प्रहरीले यस घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend