images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै...

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पद्वारा इरानलाई कडा चेतावनी

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पद्वारा इरानलाई कडा चेतावनी

images
images
शनिवार, आषाढ २७ २०८३
शनिवार, आषाढ २७ २०८३
  • दुबई, २७ असार । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आफूलाई हत्या गर्न खुला आह्वान गरिएको दाबी गर्दै इरानलाई कडा चेतावनी दिएका छन् ।

    images
    images

    शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रथ सोसलमा ट्रम्पले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन । उनको पछिल्लो भनाइले मध्यपूर्वमा पुनःतनाव बढ्नसक्ने सङ्केत गरेको छ ।

    यसअघि अमेरिका र इरानबीच केही दिनसम्म सैन्य आक्रमण र जवाफी कारबाही भएका थिए, जसले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको थियो ।

    images
    images

    ट्रम्पले आफ्नो सन्देशमा इरानविरुद्ध एक हजार क्षेप्यास्त्र तयारी अवस्थामा रहेको दाबी गर्दै इरानी सरकारले आफूविरुद्ध कुनै पनि प्रकारको आक्रमण वा धम्कीलाई कार्यान्वयन गरेमा तत्काल थप हजारौँ क्षेप्यास्त्र प्रहार गरिने चेतावनी दिएका छन् ।

    उनले अमेरिकी सेनाले आवश्यक परे इरानका सबै क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त पार्ने दाबीसमेत गरेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend