images

२०८३ आश्विन १६ गते

images
images
images

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

images
images
शनिवार, आषाढ २७ २०८३
शनिवार, आषाढ २७ २०८३
  • जुम्ला, २७ असार । कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । 

    images
    images

    सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको जानकारी दिए । कार्यालयका अनुसार पहिरो हटाउनका लागि बिहान ३ः०० बजेदेखि काम भइरहेको छ । यसका लागि सडक डिभिजन सुर्खेतसँग आवश्यक समन्वय भइरहेको उनको भनाइ छ । 
     
    कार्यालयले वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend