images

२०८३ आश्विन १७ गते

images
images
images

‘अनेसास’को अध्यक्षमा सुवेदी

‘अनेसास’को अध्यक्षमा सुवेदी

images
images
शनिवार, आषाढ २७ २०८३
शनिवार, आषाढ २७ २०८३
  • वाशिङ्गटन डिसी (अमेरिका), २७ असारः अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’को अध्यक्षमा साहित्यकार तथा कवि लालगोपाल सुवेदी विजयी भएका छन् ।

    images
    images

    शुक्रबार सम्पन्न निर्वाचनको नतिजा अनुसार वरिष्ठ उपाध्यक्षमा तारा अधिकारी, महासचिवमा राजु सिटौला र अमेरिका क्षेत्रीय उपाध्यक्षमा शकुन ज्ञवाली निर्वाचित भएका छन् ।

    नवगठित कार्यसमितिको सदस्यमा राजेन्द्र केसी, डा पारसमणी दङ्गाल, हरिमाया अधिकारी, महेश्वर पन्त र मिरा कोइराला निर्वाचित भएका छन् । यस अगाडि एशिया क्षेत्रका उपाध्यक्ष दिनेशराज ज्ञवाली, युरोप क्षेत्रका उपाध्यक्ष राज श्रेष्ठ र ओसियाना क्षेत्रका उपाध्यक्ष डा प्रकाश पौडेल, सचिव ऋषभराज घिमिरे र कोषाध्यक्ष पुष्पा खनालमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

    images
    images

    समितिको कार्यकाल दुई वर्षको हुनेछ । अनेसास प्रवासमा छरिएर रहेका साहित्यकार, लेखक तथा कविको साझा थलोको रूपमा विगत तीन दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend