images

२०८३ आश्विन १७ गते

images
images
images

पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै

पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै

images
images
शुक्रवार, आषाढ २६ २०८३
शुक्रवार, आषाढ २६ २०८३
  • लिस्बन (पोर्चुगल) २६, असार । पोल्यान्डमा पहिलो पटक ‘नेपाल महोत्सव, २०२६’ आयोजना हुने भएको छ । हामी नेपाली ग्लोबल पोल्यान्ड शाखाको आयोजनामा पोल्यान्डको पोजनान शहरस्थित इम्पेरियल क्यासलमा यही जुलाई ११ तारिखमा महोत्सव आयोजना हुन लागेको हो । 

    images
    images

    नेपाली कला, संस्कृति र पर्यटनको प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने उद्धेश्यले पोल्यान्डमा पहिलोपटक नेपाल महोत्सवको आयोजना गरिएको शाखाकी अध्यक्ष शान्ति श्रेष्ठले बताए । महोत्सवमार्फत पोलिस नागरिकलाई नेपालको सांस्कृतिक विविधता र मौलिक पहिचानसँग परिचित गराउँदै नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने उद्देश्य राखिएको उनले बताए ।

    महोत्सवमा जर्मनीका लागि कार्यवाहक नेपाली राजदूत तथा पोल्यान्डका लागि गैरआवासीय कार्यवाहक नेपाली राजदूत सागरप्रसाद फुयालको प्रमुख अतिथिका रुपमा सहभागिता रहनेछ । साथै पोल्यान्ड सरकारको कल्चरल डिपार्टमेन्ट, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न संस्थाका प्रतिनिधिलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजक संस्थाले जनाएको छ ।

    images
    images

    पोजनानस्थित मार्चिन ८०।८२ को सेन्त्रुम कुल्टुरे जामेखमा भेला भई सहभागीहरूले नेपालको झण्डासहित नेपाली मौलिक संस्कृति झल्काउने सांस्कृतिक नृत्य, झाँकी तथा परम्परागत भेषभूषा सहित सहरका मुख्य चोकहरूको परिक्रमा गर्ने कार्यक्रम तय भएको छ भने इम्पेरियल कल्चरल सेन्टरको मुख्य हलमा भव्य कार्यक्रम हुने बताइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend