images

२०८३ आश्विन १७ गते

images
images
images

साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा

साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा

images
images
बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • ललितपुर, २५ असार । ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै  स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।  

    images
    images

    नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा  महानगरको हटलाइन फोन नम्बर ११३१ मा सम्पर्क गर्नुहुन नगरवासीलाई अनुरोध गरेका छन् ।

    तोकिएको हटलाइनमा बिमारीका फोन नं प्राप्त हुनासाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगी उपचार गर्नेछन् ।

    images
    images

    चिकित्सकले बिरामीका अवस्थाअनुसार उपचार गर्नुहुन्छ । यद्यपि घरमा सम्भव नभएका बिरामीलाई सोही एम्बुलेन्समार्फत अन्यत्र अस्पतालमा पठाइने व्यवस्था समेत गरिएको छ । 

    महानगरभित्र  करिब दुई लाख ९४ हजार नागरिक रहेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend