images

२०८३ आश्विन १६ गते

images
images
images

जलाधार कार्यालय जुम्लाद्वारा ९० योजना सम्पन्न

जलाधार कार्यालय जुम्लाद्वारा ९० योजना सम्पन्न

images
images
बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • जुम्ला, २५ असार । भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा ९० योजना सम्पन्न गरेको छ । कार्यालयले पहिरो रोकथाम, तटबन्ध तथा बाँध निर्माण र खोला किनारा संरक्षणका योजना पूरा गरेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख लोकेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

    images
    images

    कार्यालयले हुम्लामा ३२, मुगुमा २८, डोल्पामा आठ, जुम्लामा २० र कालीकोटमा दुई योजना निर्माण भएको कार्यालय प्रमुख भण्डारीको भनाइ छ । ती योजना उपभोक्ता समितिबाट सम्पन्न भएका हुन् । पाँचवटै जिल्लाका ९० योजनामध्ये जुम्लामा तीन र डोल्पामा एक योजना निर्माण पूरा भएको प्रमुख भण्डारीले उल्लेख गरे । 

    कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा भने कठिनाइ भएको छ । कुल १७ वटा स्थायी दरबन्दीमध्ये १३ वटामात्र पदपूर्ति भएको छ । प्राविधिक तहअन्तर्गत इञ्जिनियर साताँै र आठाँै तहको कर्मचारीको पदपूर्ति नहुँदा कार्यसम्पादनमा कठिनाइ भएको छ । 

    images
    images

    पाँचवटै जिल्लाका योजना अनुमगन गर्न प्राविधिक कर्मचारीको अभावले सीमित कर्मचारीबाट सेवा प्रवाह गर्न समस्या भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend