काठमाडौँ । राहदानी विभागले प्रणाली स्तरोन्नतिको कामका कारण असार २५ र २६ गते राहदानीसम्बन्धी नियमित सेवा स्थगित हुने जनाएको छ। यद्यपि, तयारी भइसकेका राहदानी वितरण सेवा भने यथावत् सञ्चालन हुने विभागले स्पष्ट पारेको छ।
बुधबार सार्वजनिक सूचनाअनुसार विभागले आगामी असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्ने तयारी गरेको छ। सोही तयारीअन्तर्गत प्रणाली स्तरोन्नतिको काम गर्न दुई दिन नियमित सेवा बन्द गर्न लागिएको हो।
विभागले मोबाइलमा राहदानी सङ्कलनका लागि जानकारीमूलक सन्देश प्राप्त गरिसकेका सेवाग्राहीलाई भने असार २५ र २६ गते पनि विभागमा उपस्थित भई आफ्नो राहदानी बुझ्न अनुरोध गरेको छ।
विभागका अनुसार नयाँ प्रणाली लागू भएपछि राहदानी सेवा थप छिटो, सुरक्षित र सेवाग्राहीमैत्री बन्ने अपेक्षा गरिएको छ।
यसअघि नै विभागले असार १९ गते सूचना जारी गर्दै प्रणाली स्तरोन्नतिका कारण केही दिन सेवा प्रभावित हुने जानकारी गराएको थियो।




.gif)





