images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • भारतमा दैनिक ३४३ मेगावाट बिजुली...

भारतमा दैनिक ३४३ मेगावाट बिजुली निर्यात

भारतमा दैनिक ३४३ मेगावाट बिजुली निर्यात

images
images
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दैनिक ३४३ मेगावाट बिजुली भारत निर्यात गरिरहेको जनाएको छ । हरियाणा १८३ मेगावाट, विहारमा १०० मेगावाट र टनकपुरमा ६० मेगावाट गरी ३४३ मेगावाट बिजुली बिक्री गरिरहेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।

    images
    images

    ‘अहिले दिनमा १६ देखि १७ मेगावाट देशभित्रै खपत भइरहेको छ, अतिरिक्त भएको ३४३ मेगावाट बिजुली भारतमा बिक्री गरिरहेका छौं,’ उनले भने । विहार र हरियाणामा मध्यकालीन सम्झौता अनुसार र टनकपुरमा भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गरिरहेको घोषले बताए ।

    गत असोजमा आएको अविरल वर्षाका कारण बाढीपहिरोमा क्षति पुग्दा साढे ६ सय मेगावाट बिजुली उत्पादन ठप्प रहेको प्राधिकरणले जनाएको छ । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा कात्तिक ८ यता ३१ वटा उद्योगको बिजुली काटेको छ । यी उद्योगहरूले खपत गर्ने बिजुलीसमेत भारतलाई बिक्री गरिरहेको छ भन्ने प्रश्नमा प्राधिकरणका प्रवक्ता घोषले उद्योगहरुले ४ सय मेगावाट बिजुली खपत गरे पनि दसैंयता उद्योगबाट माग नै नरहेको बताए

    images
    images

    ।‘दसैंयता उद्योगबाट बिजुलीको माग नै छैन, चाडपर्वका कारण उद्योगहरू बन्द नै छ,’ उनले भने, ‘उद्योगहरूमा माग छैन, तर पनि मध्यकालीन सम्झौताअनुसार हरियाणमा बिजुली पुर्‍याउनै मुस्किल छ ।’ अहिले आन्तरिक बिजुली खपत नै १६ देखि १७ सय मेगावाट रहेको भन्दै घोषले बिस्तारै आन्तरिक खपत बढ्दै गएको बताए ।

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई बिक्री गरिरहेको छ ।

    एनभीभीएनले उक्त विद्युत् हरियाणा र विहार राज्यमा बिक्री गर्दै आएको छ । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्ने स्वीकृति पाएको छ । यसमध्ये एनभीभीएनमार्फत हरियाणा राज्यलाई २३५.५ मेगावाट बिजुली बिक्री गर्दै आएको छ । यस्तै बिहार राज्यलाई मध्यकालीन सम्झौताअनुसार १२५.०४ मेगावाट बिजुली बिक्रीका लागि अनुमति पाएको छ । बाँकी प्रतिस्पर्धी बजारमा विद्युत् बिक्री हुँदै आएको प्राधिकरणले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend