काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्टसँग छुटको व्यवस्था गरेको छ।
उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। यो अफर कार्तिक १५ देखि कार्तिक १८, २०८१ सम्म लागू रहनेछ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एम.हरु सञ्चालनमा रहेका छन्।
बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।




.gif)





