images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सहसचिवको दरबन्दी भए पनि डडेल्धुरामा उपसचिवलाई...

सहसचिवको दरबन्दी भए पनि डडेल्धुरामा उपसचिवलाई सीडीओको जिम्मेवारी

सहसचिवको दरबन्दी भए पनि डडेल्धुरामा उपसचिवलाई सीडीओको जिम्मेवारी

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • धनगढी । सहसचिवस्तरको प्रमुख जिल्ला अधिकारी सीडीओको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा गृह मन्त्रालयले फेरि उपसचिवलाई नै प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको छ।गृह मन्त्रालयको शुक्रबारको निर्णयअनुसार उपसचिव मीना अर्याललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको हो। अर्याल यसअघि तेह्रथुमको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिइन्।

    images
    images

    डडेल्धुरामा यसअघि सहसचिव विष्णुप्रसाद कोइराला प्रमुख जिल्ला अधिकारी थिए । कोइरालाको करिब पाँच महिनामै सरुवा भएपछि जिल्ला प्रशासन कार्यालय करिब दुई महिना प्रमुख जिल्ला अधिकारीविहीन बनेको थियो।त्यसपछि सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत उपसचिव अमरबहादुर वलीलाई जेठ २७ गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको थियो। त्यसयता उनले जिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्दै आएका थिए।

    शुक्रबार फेरि उपसचिव अर्याललाई प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएपछि वली अब सोही कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीकै भूमिकामा फर्किनुपर्ने अवस्था बनेको छ। केही समयअघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका वलीले अब नयाँ प्रमुख जिल्ला अधिकारीको मातहतमा काम गर्नुपर्नेछ।गृह मन्त्रालयको यो निर्णयपछि प्रशासनिक तहमा विभिन्न टिप्पणी हुन थालेका छन्। सहसचिवको दरबन्दी भएको जिल्लामा लगातार उपसचिवलाई नै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको विषयलाई लिएर मन्त्रालयको जनशक्ति व्यवस्थापन र पदस्थापन प्रक्रियाबारे समेत प्रश्न उठ्न थालेको बताइएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend